×

मध्य नेपाल

माघेसंक्रान्तिमा आइएसएमटी म्युजिक फेस्ट हुने

माघेसंक्रान्तिमा आइएसएमटी म्युजिक फेस्ट हुने
  चितवन – भरतपुर महानगरपालिका–१२ मा रहेको आइएसएमटी कलेज चितवनले माघेसंक्रान्तिको अवसरमा माघ १ गते कलेजमा आइएसएमटी म्युजिक फेस्ट २०२५ आयोजना गर्ने भएको छ ।कलेजका व्यवसाय विकास प्रमुख बासुदेव ओस्तीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै म्युजिक फेस्ट हुने जानकारी गराएका हुन् । विद्यार्थीहरुलाई मनोरञ्जन गराउने उद्देश्यले आयोजित म्युजिक फेस्टमा कलेजका विद्यार्थीहरुले कला, गीत र नृत्य प्रस्तुत गर्ने छन् । उक्त कार्यक्रममा चर्चित ब्याण्ड ‘द इलिमेन्ट्स’ को पनि प्रस्तुति रहने...

भोलिबाट चितवन महोत्सव सुरु हुँदै

भोलिबाट चितवन महोत्सव सुरु हुँदै
  चितवन –उद्योग वाणिज्य संघ चितवनको आयोजनामा भोलिबाट चितवन महोत्सव २०८१ सुरु हुने भएको छ ।नारायणगढस्थित नारायणी नदी किनारमा सुरु हुन लागेको १५ औं संस्करणको चितवन महोत्सवको सम्पूर्ण तयारी पूरा भएको महोत्सव मूल समितिका संयोजक एवम् उवासंघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले जानकारी दिए । भोलि पुष २५ बाट सुरु हुने महोत्सव माघ १० गतेसम्म चल्ने छ । महोत्सवले जिल्लाको कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत समग्र आर्थिक, सामाजिक र सांस्कृतिक विकासका साथसाथै व्यवसायको प्रवद...

भरतपुरदेखि कावासोतीसम्म कर्मचारीका लागि छुट्टै बस संचालन

भरतपुरदेखि कावासोतीसम्म कर्मचारीका लागि छुट्टै बस संचालन
दयाराम आचार्य नवलपुर-नवलपुर क्षेत्रमा काम गर्ने कर्मचारी लक्ष्यित गरि छुट्टै बस संचालनमा आएको छ। भरतपुरदेखि कावासोतीसम्म बिहान र बेलुका कर्मचारी मात्र बोक्ने गरि बस संचालनमा आएको हो ।कर्मचारी मिलन केन्द्र नवलपुर र जिल्ला प्रशासन कार्यालय नवलपरासी पूर्वको समन्वयमा बस सेवा सुरु भएको हो। बस सेवाको प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले आज उद्घाटन गर्नुभएको हो। बस सेवा संचालनसँगै कर्मचारीलाई समयमा सहज रुपमा कार्यालय आएर सेवा दिन सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी पोख्रेलले बत...

तिब्बतमा भूकम्पबाट एक हजारभन्दा धेरै घरमा क्षति, ज्यान गुमाउनेको संख्या ५३ पुग्यो

तिब्बतमा भूकम्पबाट एक हजारभन्दा धेरै घरमा क्षति, ज्यान गुमाउनेको संख्या ५३ पुग्यो
  काठमाडौं । चीनको तिब्बतमा मंगलबार बिहान गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ ।चिनियाँ सञ्चारमाध्यम सीजीटीएनले६.८ म्याग्निच्युडको भूकम्पबाट अहिलेसम्म ५३ जनाको ज्यान गएको उल्लेख गरेको छ । सीजीटीएनका अनुसार, एक हजारभन्दा धेरै घरमा क्षति पुगेको छ । यस्तै, ३८ जनाभन्दा धेरै घाइते छन् । नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रव...

नेकपा एसका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमालेमा फर्किए

नेकपा एसका केन्द्रीय सदस्य गोविन्दराम चेपाङ एमालेमा फर्किए
काठमाडौं । नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा एमालेमा फर्किएका छन् ।च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकबीचमै उनी एमालेमा भित्रिएका हुन् । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले चेपाङलाई स्वागत गरे । संविधानसभा सदस्यसमेत रहेका चेपाङ नेकपा एसनिकट आदिवासी जनजाति फाँटका सहइञ्चार्ज थिए ।बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् । स्थायी र पोलिटब्युरोका ५२ जनाले बोल्न बाँकी छ ।

पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने निर्णयको माओवादीभित्रै विरोध

पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने निर्णयको माओवादीभित्रै विरोध
काठमाडौं । पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ राजनीतिमा फर्कने निर्णयको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमै विरोध भएको छ ।बैठकको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथिको छलफलमा भाग लिँदै पूर्वमन्त्रीसमेत रहेका माओवादी नेता सुदन किरातीले पूर्वउपराष्ट्रपति पुन राजनीतिमा फर्कने कुराले राम्रो सन्देश नदिएको बताएका हुन् । ‘उपराष्ट्रपति बनिसकेको व्यक्ति पुनः सक्रिय राजनीतिमा फर्कन लागेको खबरले राम्रो सन्देश गएको छैन,’ किरातीले बैठकमा भने...

स्यानिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ

स्यानिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
काठमाडौं । स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान गर्दा महिलाले लगाउने स्यानिटरी प्याडमा लुकाएर सुन तस्करी भएको खुलेको हो । प्रहरीले नुवाकोटको पञ्चकन्या गाउँपालिका–१ घर भई काठमाडौं टोखा नगरपालिका–१ झोर बस्ने २६ वर्षीय सुजन नेपाली, सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–३ घर भई काठमाडौं गोकर्णेश्वर बस्ने ३२ वर्षीया अनिता तामाङ भनिने मिनसाङ लामा तामाङ र काभ्रेको तेमाल गाउँप...

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या, काठमाडौं डाइभर्ट गरी अवतरण

भद्रपुर उडेको विमानमा प्राविधिक समस्या, काठमाडौं डाइभर्ट गरी अवतरण
काठमाडौं । त्रिभुवन विमानस्थलबाट झापाको भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या देखिएपछि काठमाडौं डाइभर्ट गरिएको छ ।बुद्ध एयरका अनुसार उडान नं ९५३ को कलसाइन नाइनएन-एजेएस विमानको दायाँ इन्जिनमा समस्या देखिएको थियो । त्यसपछि पाइलटले विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेको हो । विमान ११:१५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गरेको छ ।प्राविधिक टोलीले विमानको जाँच गरिरहेको समेत कम्पनीले जनाएको छ । यात...

वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर

वडाध्यक्षको नेतृत्वमा प्रहरीमाथि आक्रमण, प्रहरीद्वारा पाँच राउण्ड हवाई फायर
    काठमाडौँ । सर्लाहीमा स्थानीयसँग झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड हवाई फायर गरेको छ ।सर्लाहीको रामनगर गाउँपालिका–५ स्थित वैजनाथ चोकमा मापसे चेकिङमा खटिएको प्रहरीसँग स्थानीय युवासँग विवाद भएपछि तनाव सिर्जना भएपछि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । चेकिङका क्रममा प्रहरीमाथि नै आक्रमण भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु पर्ने अवस्था सिर्जना भएको सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्र बहादुर सिंहले प्रशासनलाई ...