×

मध्य नेपाल

एमाले संसदीय दलको बैठक बस्दै

एमाले संसदीय दलको बैठक बस्दै
  नेकपा (एमाले)को संसदीय दलको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको तयारीका लागि छलफल गर्ने कार्यसूची रहेको छ । सरकारले ल्याएका अध्यादेशको संसदमा पनि आलोचना हुनसक्ने भएकोले एमालेले त्यसको प्रतिवादको रणनीति पनि यो बैठकबाटै बनाउनेछ । यसअघि सत्तारुढ दलको बैठकले पनि एकमतका साथ संसदमा उपस्थित हुने निर्णय गरिसकेका छन् ।आजको बैठकमा हिउँदै अधिवेशनका बैठकमा ...

सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल रिहा

सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल  रिहा
काठमाडौं- सवारी ज्यान सम्बन्धी कसुरमा थुनामा रहेका झाँक्री प्रकाश भुजेल धरौटी बुझाएर रिहा भएका छन् । उच्च अदालत पाटनका न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले बिहीबार झाँक्रीलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । आदेशपछि बिहीबार उनी धरौटी बुझाएर रिहा भएको काठमाडौं प्रहरी परिसरकी प्रवक्ता पूर्णिमाकुमारी चन्दले जानकारी दिइन् । काठमाडौंको शंकरापुरमा गएको २८ कात्तिकमा भुजेलले चलाएको बा १९ प २६०५ नम्बरको कारले बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरक...

बुटवल–गोरुसिंगे सडक विस्तार शिलान्यास हुँदै

बुटवल–गोरुसिंगे सडक विस्तार शिलान्यास हुँदै
रुपन्देही । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्ड विस्तारको शिलान्यास आज गरिँदै छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको जितगढीमा आयोजना हुने एक समारोहका बीच सडक विस्तारको शिलान्यास गर्नेछन् । आज दिउँसो एक बजे सिद्धबाबा सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी भएपछि उनी सडक विस्तारको शिलान्यास गर्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिंगे सडकखण्ड ६२ वर्षपछि स्तरोन्नति...

विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेय आज देवघाट आइपुग्दै

विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डेय आज देवघाट आइपुग्दै
विश्वकै कान्छी कथावाचिका शुश्री अनुराधा पाण्डेय देवघाट महामहोत्सवमा कथा वाचन गर्न आज माघ ९ गते देवघाट आइपुग्दैछिन्। केवल ६ वर्षको उमेरदेखि कथा वाचनमार्फत आफ्नो विशिष्ट पहिचान बनाउन सफल पाण्डेयले हिन्दू धर्मको प्रचारप्रसारमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै अनेकौं स्थानमा कथा वाचन गरिसकेकी छिन्। सानै उमेरदेखि धार्मिक ग्रन्थहरूको गहिरो ज्ञान राख्ने अनुराधा पाण्डेयले संस्कृत, हिन्दी र नेपाली भाषामा कथा प्रस्तुत गर्न सक्ने अद्वितीय क्षमता प्रदर्शन गर्दै श्रोताहरूलाई मन्त्रमुग्ध...

यात्रुलाई यौनजन्य सन्देश पठाएको आरोपमा भरतपुरका एक युवक काठमान्डौमा पक्राउ  

यात्रुलाई यौनजन्य सन्देश पठाएको आरोपमा भरतपुरका एक युवक काठमान्डौमा पक्राउ  
काठमाडौं । अनलाइनमार्फत यौन दुव्र्यवहार जन्य सन्देश पठाएको आरोपमा राइड सेयरिङ सेवा प्रदायक कम्पनी इनड्राईभका एक चालक पक्राउ परेका छन् ।उनलाई प्रहरीले मंगलबार काठमाडौंबाट पक्राउ परेको हो । पक्राउ पर्नेमा चितवनको नारायणी नगरपालिका–४ का प्रबिन बराल रहेका छन् । इनड्राईभमा चढाएर आफूमाथि शोषण भएको भन्दै एक युवतीले दिएको उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।पक्राउ परेका चालकलाई अहिले काठमाडौं प्रहरी परिसरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको परिसरका प्रवक्ता नवरा...

भरतपुरमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बित

भरतपुरमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बित
  चितवन। भरतपुर महानगरपालिका स्थित बाइपास रोडमा युवकमाथि निर्घात कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक  निलम्बित भएका छन्।भिडिओ सार्वजनिक भएपछि छानबिन गरेर घटनामा संलग्न अस्थाई प्रहरी बिट गणेशस्थान भरतपुरमा कार्यरत असई बुद्धिबहादुर घर्ती भुजेललाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले बताए। घटना पुस १५ गते राति १०ः१० बजेको भएको पुष्टि भएको छ। कुटपिट गरिएका युवकको बारेमा पनि बुझ्ने काम भइरहेको डीएसपी महतोले बताए।घटनाको छानबिन गर्न सोम...

रवि लगायतलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालतमा निवेदन

रवि लगायतलाई थुनामै राखेर अनुसन्धान गर्न उच्च अदालतमा निवेदन
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई थुनामै राखेर अनुसन्धान गर्न माग गर्दै उच्च अदालत पोखरामा निवेदन परेको छ । लामिछाने लगायतलाई धरौटीमा छाड्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च सरकारी वकिलको कार्यालयले उच्च अदालत पोखरामा निवेदन दिएको हो । गत पुस २५ गते गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थि...

धरौटी बुझाएर रवि आज छुट्ने, बुटवल र चितवनमा आफैं हाजिर हुने

धरौटी बुझाएर रवि आज छुट्ने, बुटवल र चितवनमा आफैं हाजिर हुने
काठमाडौं । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको १ अर्ब १९ करोड रुपैयाँ बढी अनियमितता भएको प्रकरणमा रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशपछि लामिछानेले धरौटी बापतको बैंक ग्यारेन्टी पेश गरेका छन् । उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्...

यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने

यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने
  काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को समय तालिका सार्वजनिक गरेको छ ।सार्वजनिक तालिका अनुसार एसइई चैत ७ गतेदेखि हुने भएको छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ । पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतस् वेदविद्याश्रमतर्फ-अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ-अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ) अनि...