
गैँडाकोट – पूर्वी नवलपरासीको कावासोती नगरपालिकाले आइतबार नगरपालिकाभर शोक विदा दिएको छ । वडाअध्यक्ष तबारक अहमद मियाको हृदयघातका कारण शनिवार मृत्यु भएको शोकमा आइतबार पालिकाभर शोक विदा दिएको नगरपालिकाले जनाएको छ ।कावासोती नगरपालिकाका मेयर बिष्णुप्रसाद भूसालले पालिका अन्तर्गतका सबै कार्यालयहरु त्था शैक्षिकसंस्थाहरुमा शोक विदा दिइएको जानकारी दिनुभयो ।
गैँडाकोटमा राष्ट्रिय युवासंघको दशौ जिल्ला अधिवेशनको अवसरमा स्वागत मन्तव्य दिएका मिया भाषण लगत्तै अचेत भएका थिए ।
चितवन मेडिकल कलेज भरतपुर पुर्याइएका मियालाई शनिबार दिउसो पौने ३ बजे अस्पतालले मृत घोषणा गरेको थियो ।
राष्ट्रिय युवासंघ नवलपुरका सहसचिव समेत रहेका मियाको निधनले युवासंघलाई अपुरणीय क्षति पुगेको छ । मियाको निधनपछि राष्ट्रिय युवासंघ नवलपुरले आफ्नो दशौ जिल्ला अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ ।