
काठमाडौं । नेकपा एकीकृत समाजवादी का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा एमालेमा फर्किएका छन् ।च्यासलमा जारी केन्द्रीय कमिटीको बैठकबीचमै उनी एमालेमा भित्रिएका हुन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरूले चेपाङलाई स्वागत गरे । संविधानसभा सदस्यसमेत रहेका चेपाङ नेकपा एसनिकट आदिवासी जनजाति फाँटका सहइञ्चार्ज थिए ।बैठकमा अहिलेसम्म ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् । स्थायी र पोलिटब्युरोका ५२ जनाले बोल्न बाँकी छ ।