×

मध्य नेपाल

चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै

चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदै
चितवन । चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको हो । आगामी पुस १५ गतेसम्म ५ दिन चल्ने महोत्सव बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा हुनेछ । १८औं संस्करणको उद्घाटन उप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले गर्ने कार्यक्रम रहेको महोत्सव संयोजक रामकुमार अर्यालले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले महोत्सव उद्घाटन गर्ने भनिए पनि...

२३ वर्षीय युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ

२३ वर्षीय युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ
  विराटनगर- मोरङको कटहरी गाउँपालिका–२ मा अचेत अवस्थामा फेला परेकी युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा १ जना भारतीय नागरिक हुन् । मंगलबार मोरङको जहदा गाउँपालिका–३ की २३ वर्षीय युवती घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका–२ मा पर्ने खेतबारीको बीचमा रहेको बाँसको झ्याङमा सलले मुख थुनेर हातखुट्टा बाँधेको अवस्थामा अचेत अवस्थामा फेला परेकी थिइन् । अचेत अवस्थामा भेटिएर उद्धार गरिएकी महिलाको बया...

प्रहरीमा मिलनको बयान – दसैंमा बुवा-आमालाई मार्न खोजेको थिएँ, वातावरण मिलेन

प्रहरीमा मिलनको बयान – दसैंमा बुवा-आमालाई मार्न खोजेको थिएँ, वातावरण मिलेन
  काठमाडौं । भक्तपुरको बालकोटमा बुबा र भाइको हत्या गरेका खोटाङका मिलन आचार्यले यसअघि बुवा र आमाको हत्या प्रयास गरेको बयान दिएका छन् । गत दसैंमा दुवैलाई मार्ने योजना बनाए पनि असफल भएको उनको भनाइ छ । महाराजगञ्ज प्रहरी वृत्तमा आज विहान आत्मसमर्पण गरेपछि उनले यस्तो बयान दिएका हुन् । बुवा र भाइको हत्यापछि आफूले पनि आत्महत्या गर्न खोजेको पनि उनको दाबी छ । गलवन्दीको पासो लगाएर झुण्डिएको तर गाँठो फुस्किएर बाँचेको उनले बताएका छन् । मिलनको बयान यस्तो छः लोकसेवामा ६,...

देउवालाई लक्ष्य गर्दै शेखरले भने- सभापतिले केही नसुन्ने हो भने अप्ठेरोमा पर्छ

देउवालाई लक्ष्य गर्दै शेखरले भने- सभापतिले केही नसुन्ने हो भने अप्ठेरोमा पर्छ
काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई लक्ष्य गर्दै केही कुरा नसुन्ने हो भने अप्ठेरो पर्ने बताएका छन्।कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा सोमबार काठमाडौंमा भएको कार्यक्रममा बोल्दै कोइरालाले भने, ‘अहिले पार्टीमा विचलन छ, हामीले स्वीकार्नुपर्छ। शेखर पनि भागबन्डामा लागेको कुरा यहाँ आयो, ६०-४० को भागबन्डा। भागबन्डा भनेर चुप लागेर बस्ने त होइन नि !’ उनले सभापतिले केही कुरा सुन्दै नसुन्ने हो भने अप्ठेरो पर्ने पनि बताए।‘सभापतिले केह...

आजदेखि पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुँदै

आजदेखि पश्चिम नेपालबाट हिउँदे वर्षा सुरु हुँदै
काठमाडौं । पश्चिम नेपालबाट आजदेखि हिउँदे वर्षा सुरु हुँदैछ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति पश्चिम नेपालका पहाडी र हिमाली भेगमा वर्षा हुनेछ । काठमाडौं र पोखरामा पनि छिटपुट वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसपछि वर्षा गराउने अर्को प्रणाली शुक्रबार आउनेछ । तर, त्यो पनि पश्चिम नेपालमा मात्र रहने महाशाखाको बुलेटिनमा उल्लेख छ । आज तराई र उपत्यकाक केही ठाउँमा हुस्सु र कुहिरो पनि लागेको छ । यसले यातायात क्षेत्र...

महोत्तरीमा डाँका समूहद्वारा एक जनाको हत्या गरी लुटपाट

महोत्तरीमा डाँका समूहद्वारा एक जनाको हत्या गरी लुटपाट
जनकपुरधाम । महोत्तरीमा डाँका समूहले एकजनाको हत्या गरेको छ । महोत्तरीको मनरा शिसवा नगरपालिका-४ साढाका ७० वर्षीय सुशील झाको हत्या गरेको हो । आज बिहान ४ बजेको समयमा आएका ७/८ जनाको सङ्ख्यामा आएको लुटेरा समूहले झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी सन्तुलाल जयसवारले बताए । डाँकाले घरमा रहेको मङ्गलसूत्र र औंठी र नगद ८० हजार लुटेर लगेको डिएसपी जयसवारले बताए ।हत्या गरिएका व्यक्ति पूर्वगाविस सचिव हुन् । घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाए...

सावधान ! ‘नेपाल टेलिकमको क्रिसमस गिफ्ट ’ भन्दै ठगिनु होला

सावधान ! ‘नेपाल टेलिकमको क्रिसमस गिफ्ट ’ भन्दै ठगिनु होला
  काठमाण्डौं। नेपाल टेलिकमको नाम र लोगो दुरुपयोग गर्दै सामाजिक सञ्जालमा स्पाम फैलिरहेको पाइएको छ । ‘नेपाल टेलिकम– क्रिसमस गिफ्ट‘ नाम दिएर पुरस्कार दिने दाबी गर्दै स्पाम लिङ्क फैलिरहेको पाइएको हो । सञ्जालमा फैलिरहेको स्पामको डोमेन नेम पनि अर्कै रहेको छ । सुरक्षित तरिकाले लिङ्क खोलेर हेर्दा प्रश्नको उत्तरदिएर पाँच हजार रुपैयाँ जित्न सकिने दाबी गरिएको छ । यससँगै विश्वासिलो अफर देखाउन अन्य प्रयोगकर्ताले पुरस्कार पाएको भनेर लेखिएको छ । नेपाल टेलिकमका प्रवक्ता हरि ढका...

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व
काठमाडौं- नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्।मतगणना सकिएपछि आइतबार राति शर्मा अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो।शर्मा कांग्रेस र एमालेनिकट प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनको साझा उम्मेदवार हुन्। अध्यक्ष पदका लागि युनियनकै रमेश विष्टले वागी उम्मेदवारी दिएका थिए। उनलाई नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले समर्थन गरेका थिए। अध्यक्षकै लागि शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि उम्मेदवारी ...

काठमाडौंमा जाडो बढ्यो, तापक्रम ४ डिग्रीमा झर्‍यो

काठमाडौंमा जाडो बढ्यो, तापक्रम ४ डिग्रीमा झर्‍यो
  काठमाडौं । काठमाडौँ उपत्यकामा निरन्तर जाडो बढिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ ।आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम चार डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो पाँच डिग्री सेल्सियस रहेको मौसमविद् रोजन लामिछानेले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा कोशी प्र...