×

मध्य नेपाल

पशुपति बालुवामा भ्रष्टाचार – पूर्वएलडीओसहित ३ जना पक्राउ

पशुपति बालुवामा भ्रष्टाचार – पूर्वएलडीओसहित ३ जना पक्राउ
काठमाडौं । पशुपतिको बालुवा खानीमा भएको भ्रष्टाचारमा दोषी ठहर भएका तीन जना पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता युवराज खड्काका अनुसार पक्राउ पर्नेहरुमा प्रेमराज जोशी, महेन्द्रलाल श्रेष्ठ र राजु कुमार रेग्मी छन् ।जोशी र श्रेष्ठ पूर्व स्थानीय विकास अधिकारी (एलडीओ) हुन् । रेग्मी भने पशुपति विकास कोषका पूर्वनिर्देशक हुन् ।

तीन दिनको मौसम – वर्षादेखि हिमपातसम्म

तीन दिनको मौसम – वर्षादेखि हिमपातसम्म
काठमाडौं । देशका केही भू–भागमा आज हिमपात हुनेछ । यद्यपि, जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यतया मौसम सफा रहनेछ ।विभागले बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ । दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक...

यी हुन् यही आर्थिक वर्षभित्र सचिवमा बढुवा हुने र घर जाने सचिवहरू

यी हुन् यही आर्थिक वर्षभित्र सचिवमा बढुवा हुने र घर जाने सचिवहरू
काठमाडौं। नक्कली भुटानी शरणार्थी काण्डमा पुर्पक्षका लागि थुनामा रहेर निलम्बनमा परेका सचिव टेकनारायण पाण्डे जेलबाटै अवकाश भएका छन्। पाण्डे अवकाशमा गएसँगै उक्त ठाउँमा नयाँ सचिव बढुवाको तयारी सुरू भएको छ। फागुन १२ गते अवकाशमा गएका निलम्बित सचिव पाण्डे रिक्त स्थानमा सचिव बढुवाका लागि ३ जना सहसचिवको नाम सिफारिस भएको छ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय योजना आयोगका सहसचिव वीरेन्द्रकुमार यादव, मधेश प्रदेशका कायममुकायम प्रमुख सचिव मदन ...

माग बढेपछि बढ्न थाल्यो अण्डाको मूल्य

माग बढेपछि बढ्न थाल्यो अण्डाको मूल्य
चितवन । कुम्भ मेला लगायतका धार्मिक मेला महोत्सव सकिंदै गएपछि अण्डाको माग बढ्न थालेको छ । माग बढेसँगै मूल्य पनि क्रमशः बृद्धि हुँदै गएको हो ।नेपाल अण्डा उत्पादक संघले देशका विभिन्न भागमा स्थानीय कृषकहरुसँग छलफल गरी मागको आधारमा अण्डाको समर्थन मूल्य तोक्ने गरेको छ । शुक्रबार इटहरीमा सम्पन्न भेलाले शनिबारबाट लागू हुने गरी अण्डाको मूल्य बृद्धि गरेको छ । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार एक्सएल अण्डा प्रतिपेटी रु।३ हजार ८० कायम गरिएको छ । यस अघि २ हजार ९७५ रहेको थियो । यसैगरी...

मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव छैन- प्रचण्ड

मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति सम्भव छैन- प्रचण्ड
काठमाडौं- नेकपा -माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले मधेसीलगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन्। धनुषाको कमला नगरपालिका वडा नम्बर ३ पर्सामा आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा बोल्दै उनले महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारुलगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदा गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको बताए। ...

सरकारी अस्पतालले औषधि छैन भन्न पाउँदैन -मन्त्री पौडेल

सरकारी अस्पतालले औषधि छैन भन्न पाउँदैन -मन्त्री पौडेल
इलाम- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अब अस्पतालमा स्वास्थ्य बिमाको औषधि छैन भन्न नपाइने बताएका छन्।इलाम अस्पतालको आइतबार अनुगमन गर्दै उनले स्वास्थ्य बिमा बोर्डले तोकिएका औषधि अस्पतालमा अनिवार्य हुनुपर्ने बताए। ‘अब पनि औषधि छैन भन्नु गैरकानुनी हो’, उनले भने। सरकार तथा स्वास्थ्य बिमा बोर्डले ९८ प्रकारका औषधि तोकेको छ। तोकिएका औषधि अनिवार्य राख्न उनले आग्रह गरे।चिकित्सकले लेखेका औषधि छैन भनेर पन्छिने छुट अब सरकारी अस्पताललाई नभएको उनले बताए। त्यसका लागि स्वास्थ्...

बैतडीमा गोली हानेर युवकको हत्या

बैतडीमा गोली हानेर युवकको हत्या
धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ । दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो । गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्युु भएको मिश्रले बताए । उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ । कर्ण अह...

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं- हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणयतादेखि अधिकांश बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा चट्याङ सहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली...

काठमाडौं महानगरमा ‘डर’ ले जान नमानेपछि सरुवा सूचीबाट काटियो सहसचिवको नाम

काठमाडौं महानगरमा ‘डर’ ले जान नमानेपछि सरुवा सूचीबाट काटियो सहसचिवको नाम
काठमाडौं । सरकारले एकैपटक ७८ सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । तर, काठमाडौं महानगरमा लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत अभावको समस्या समाधान भएन ।क्याबिनेट बैठकको ३ दिनपछि सार्वजनिक भएको सूचीमा महानगर दरबन्दी रहेका सरोज गुरागाईँको नाम छैन । सुरूमा ८० जनाको सरुवा गरिएकोमा महानगरमा खटाइएका सचिव जान नमानेपछि २ जनाको नाम काटेर ७८ जनाको मात्र लिष्ट सार्वजनिक गरिएको बताइएको छ ।यसबारेमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तासँग सोध्दा सरुवा गरेर पठाएको मान्...