×

काठमाडौं । देशका केही भू–भागमा आज हिमपात हुनेछ । यद्यपि, जल तथा मौसम विज्ञान विभागका अनुसार मुख्यतया मौसम सफा रहनेछ ।विभागले बिहान देशभर मौसम मुख्यतया सफा रहेको बताएको छ । दिउँसो कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

राति सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

मंगलबार दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।विभागका अनुसार बुधबार दिउँसो कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ ।

राति कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मूख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको विभागले बताएको छ ।

तपाईको प्रतिक्रिया