×

मध्य नेपाल

तास खेल्दा सापटी लिएको पैसा नदिएको भन्दै साथीको हत्या

तास खेल्दा सापटी लिएको पैसा नदिएको भन्दै साथीको हत्या
काठमाडौं- पर्सामा साथीको हत्या गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ वर्षीय मुकेशप्रसाख यादव, १९ वर्षीय अरूणकुमार यादव र १९ वर्षीय मुना तिवारी पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरीले फागुन ११ गते पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो।उनीहरूले सोही ठाउँका १९ वर्षीय इशालप्रसाद कुर्मीको हत्या गरेको आरोप छ। उनी फागुन ७ गते वीरगन्ज बजार जान्छु भनेर निस्किएका थिए। फागुन ११ गते शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साको ...

धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते

धादिङमा ट्याङ्कर दुर्घटना हुँदा दुईको मृत्यु, दुई जना घाइते
  धादिङ- धादिङको गुप्तेस्वरमा गएराति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ अन्य २ जना घाइते भएका छन् ।धादिङको प्रसिद्ध गुप्तेस्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बागमती प्रदेश०१–००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङ्कर खसेको हो । राति करिब ११ः३० बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटना भएको खबर पाएसंगै सदरमुकाम धादिङबेसीबाट गएका सोसल भोलेन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुका...

सन्तोषी मृत्यु प्रकरण– सशस्त्रै इन्स्पेक्टर पक्राउ

सन्तोषी मृत्यु प्रकरण– सशस्त्रै इन्स्पेक्टर पक्राउ
काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्स्पेक्टर सन्तोषी महतको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन गरिएको भोलिपल्टै अनुसन्धानका लागि अर्का एक इन्स्पेक्टर पक्राउ परेका छन् ।पोखराका एसपी श्यामबाबु ओलियाका अनुसार तनहुँस्थित सशस्त्रको २३ नम्बर गणमा कार्यरत इन्स्पेक्टर विवेक जोशीलाइ पक्राउ गरिएको छ । पक्राउ परेका जोशीलाइ कास्की ल्याइएको उनले जानकारी दिए ।महत कास्कीमै मृत अवस्थामा फेला परेकी थिइन् । कास्की प्रहरी स्रोतका अनुसार, महतले सशस्त्र प्रहरी बलकै एक इन्स्पेक्टरसितको प्रेम सम्ब...

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना

काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना
काभ्रेपलाञ्चोक । काठमाडौंबाट रामेछाप जाँदै गरेको बस धुलिखेलमा दुर्घटना भएको छ । धुलिखेल नगरपालिका-१० सारादा बतासेस्थित बिपी राजमार्गमा बस दुर्घटना भएको हो । दुर्घटनामा १७ जना घाइते भएका छन् ।बागमती प्रदेश-३-०१-००५ ख ९९४२ नम्बरको बस आज बिहान ०८ : २० बजेको समयमा अनियन्त्रित भई सडकको नालीमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेमा बस चालक र सह-चालकसहित १७ जना रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट काभ्रेभञ्ज्याङका सहायक हवलदार रुद्र लामिछानेले जानकारी दिए । बसमा २४ जना ...

पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु , छोरा गम्भीर घाइते

पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु , छोरा गम्भीर घाइते
काठमाडौ । पोखरामा बिहीबार जिपले स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।पोखरा महानगरपालिका वडा नम्बर ८ सिर्जनाचोकबाट जिरोकिमीतर्फ जाँदै गरेको ग३च८९७७ नम्बरको जीपले बिहीबार जिरोकिमीबाट सिर्जनाचोकतर्फ आउँदै गरेको ग १३ प ३२०६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा आमाको निधन भएको हो भने छोरा गम्भीर घाइते भएका छन् । उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएकी पोखरा महानगरपालिका वडा नं ११ फुलबारीकी ५६ वर्षीया माया गुरुङको मेट्रोसिटी अस्पतालमा निधन भएको प्रहरील...

बेलुनमा हावा भर्ने कमलेशलाई दैनिक उपस्थित हुनेगरी छाड्न आदेश

बेलुनमा हावा भर्ने कमलेशलाई दैनिक उपस्थित हुनेगरी छाड्न आदेश
पोखरा । बेलुनमा हाइड्रोजन ग्यास भरेर बेचेको आरोपमा पक्राउ परेका भारतीय नागरिक कमलेश कुमार साधारण तारेखमा छाड्न आदेश भएको छ ।दैनिक हाजिरमा उपस्थित हुनेगरी उनलाई जिल्ला प्रशासन कार्यालय कास्कीले छाड्न आदेश दिएको हो । आदेशसँगै उनलाई प्रहरीले प्रक्रिया पूरा गरेर छाड्ने तयारी गरेको छ ।३ फागुनमा पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा ल्याइएको बेलुन उनै कमलेशले बेचेका थिए । बेलुन उडाउने क्रममा स्पार्किङ मेसिनबाट आएको आगोको झिल्को लागेर विस्फोट भएको थियो ।हाइड्रोजन ग्यास भरि...

ताप्लेजुङमा ‘नो केबुलकार समूह’ र प्रहरीबीच झडप, १२ जना घाइते

ताप्लेजुङमा ‘नो केबुलकार समूह’ र प्रहरीबीच झडप, १२ जना घाइते
काठमाडौं । ताप्लेजुङमा ‘नो केबुलरकार’ समूह र प्रहरीबीच झडप भएको छ ।झडपमा परी १२ जना घाइते भएका छन् । घाइते हुनेहरुमा नेपाल प्रहरीका ६ सुरक्षाकर्मी, सशस्त्र प्रहरीका ५ र प्रदर्शनकारी १ गरी १२ जना रहेको ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी सन्दीपा खड्काले बताइन् । सुरुमा माइकिङ गर्दै पानीको फोहोरा हानीको उनको भनाइ छ । प्रदर्शन उग्र भएपछि सुरक्षाकर्मीहरुले अश्रु ग्यास र लाठी चार्ज गरेका थिए । ५ राउण्डभन्दा बढी अश्रु ग्यास प्रहार भएको प्रहरीको भनाइ छ ।

वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबलमा हुप्सेकोट विजयी

वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबलमा हुप्सेकोट विजयी
  गैँडाकोट- गैँडाकोटमा वीपी स्मृति कप अन्तरपालिका रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ को विहीबार समुद्घाटन गरिएको छ । विहीबारको पहिलो खेलमा हुप्सेकोट गाउँपालिका र बुलिङटार गाउँपालिकाबीच प्रतिष्पर्धा भएको थियो । बुलिङटारलाई ४–० गोलले पराजित गर्दै हुप्सेकोट गाउँपालिका विजयी भएको छ । हुप्सेकोटका तर्फबाट यमप्रसाद बुढामगरले २ गोल, विशन खाम्चा मगरले १ गोल र मिसन सोती मगरले १ गोल गर्नुभएको थियो । विहीबारको खेलमा यमप्रसाद बुढामगर म्यान अफ दि म्याच घोषित हुनुभएको छ । शुक्रबार...

स्ववियु चुनावमा रास्वपाले उम्मेदवारी नदिने

स्ववियु चुनावमा रास्वपाले उम्मेदवारी नदिने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा दलगत हुने गरी उम्मेदवार खडा नगर्ने भएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले जनाएको छ ।त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा स्ववियु निर्वाचन हुन लागेको छ । अन्य पार्टीका विद्यार्थी संगठन समेत भएकाले स्ववियु निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रलगायतका दलका विद्यार्थी संगठनका नेत...