×

मध्य नेपाल

मध्यरातमा प्रकृतिको अन्त्येष्टि-शोकमग्न भैरहवा

मध्यरातमा प्रकृतिको अन्त्येष्टि-शोकमग्न भैरहवा
  रुपन्देही । भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी  मा शंकास्पद मृत्यु भएकी नेपाली विद्यार्थी प्रकृति लम्साल को अन्त्येष्टि मध्यरातमै गरिएको छ। भैरहवाको स्वर्गद्वारी घाटमा हजारौँको उपस्थितिमा उनको दाहसंस्कार गरिएको हो। अन्त्येष्टिमा परिवार, आफन्त, स्थानीयबासी तथा सहपाठीहरू सहभागी भएका थिए।प्रकृतिको शव भारतको ओडिसा राज्यको भुवनेश्वर बाट गोरखपुर हुँदै हिजो बिहान भैरहवा ल्याइएको थियो। तर, उनका अभिभावक ढिलो आइपुगेकाले शवलाई केही घण्टा युनिभर्सल कलेज अफ...

आज ७५औं प्रजातन्त्र दिवस

आज ७५औं प्रजातन्त्र दिवस
काठमाडौं । आज ७५औं प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । सरकारी र देशैभर स्वेच्छिक रुपमा विभिन्न कार्यक्रम आयोजना गरेर दिवस मनाउन लागिएको हो । विसं। २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइँदै आइएको छ।प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ । राज्यशक्तिको स्रोत जनता म...

पानीमा डुबेर चितवनको माडीमा ३ बर्षिया बालिकाको मृत्यु

पानीमा डुबेर चितवनको माडीमा ३ बर्षिया बालिकाको मृत्यु
 चितवन - खरछेउको खाडलमा जमेको पानीमा डुबेर माडी-४, खैरहनी निवासी ३ बर्षिया  बालिकाको मृत्यु भएको छ । चैते धानको बिऊ भिजाउन तयार गरेको पानीको खाल्डोमा खेल्ने क्रममा मंगलबार बिहान करीब १०:३० बजे माडी–४, खैरहनी गाउँ निवासी सलिना न्यौपानेका ३ बर्षका छोरी मनिषा न्यौपानेको ज्यान गएको हो । पानीमा डुबिरहेको अवस्थामा निजको आमाले देखेर उपचारका लागि बसन्तपुर बजारस्थित बघौंडा अस्पतालमा ल्याएकोमा बिहान १०ः५० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

चितवनको खैरहनीमा घरको छतबाट लडेर एक पुरुषको मृत्यु

चितवनको खैरहनीमा घरको छतबाट लडेर एक पुरुषको मृत्यु
  चितवन- चितवनको खैरहनी नगरपालिका–५ सलौलीस्थित एउटा तीन तले घरको छतबाट लडेर एक पुरुषको मृत्यु भएको छ । सोमवार दिउँसो करिब २ बजेको समयमा छतमा गएर फोनमा कुराकानी गरिरहेको अवस्थामा अचानक छतबाट लडेर खैरहनी–१ घरभई खैरहनी–५ मा स्थानीय गोकर्ण सिलवालको घरमा कोठाभाडा लिई बस्दै आएका ५० वर्षीय हरि सिलवालको मृत्यु भएको प्रहरीले बताएको छ । उनको भरतपुर अस्पतालमा उपचारका क्रममा सोमवार दिउँसो २ः३३ बजे मृत्यु भएको हो ।

विद्यार्थीको गालामा पन्युले डाम्ने शिक्षिकालाई थप ५ दिन हिरासतमै राख्न अनुमति

विद्यार्थीको गालामा पन्युले डाम्ने शिक्षिकालाई थप ५ दिन हिरासतमै राख्न अनुमति
पोखरा । विद्यार्थीको गालामा तातो पन्यु डामेर यातना दिएको अभियोगमा पक्राउ परेकी शिक्षिका सुष्मा श्रेष्ठलाई दोस्रो पटक पनि ५ दिन हिरासतमै राख्न जिल्ला अदालतले अनुमति दिएको छ । भीमाद–६ शान्तिनगरस्थित प्रभात एकेडेमी बोर्डिङ स्कुलको संस्थापक प्रिन्सिपल कृष्णदेव श्रेष्ठकी छोरीसमेत रहेकी लेखापाल श्रेष्ठले ४ जना विद्यार्थीको गालामा तातो पन्युले डामेर यातना दिएको घटना सार्वजनिक भएपछि गत माघ ३० गते पक्राउ गरी पहिलो पटक ५ दिनको म्याद थप भएको हो । थप अनुसनधानका लागि प्रहरीले सोमबार...

हालै बढुवा भएका ७५ जना डीएसपीको पदस्थापन र काज, को कहाँ (सूची)

हालै बढुवा भएका ७५ जना डीएसपीको पदस्थापन र काज, को कहाँ (सूची)
काठमाडौँ - ७५ प्रहरी नायव उपरीक्षक (डीएसपी) को सरुवा गरिएको छ । गृह मन्त्रालय (सचिव स्तर) को फागुन २ गतेको निर्णय अनुसार प्रहरी जनपद समूहतर्फका ७५ डिएसपीको सरुवा, काज व्यवस्थापन र पदस्थापन गरिएको हो ।

कर्मचारी कुट्ने बन्दीपुरका वडाअध्यक्ष पक्राउ

कर्मचारी कुट्ने बन्दीपुरका वडाअध्यक्ष पक्राउ
गैँडाकोट- तनहुँको बन्दीपुर गाउँपालिका वडा नं ६ का वडाध्यक्ष बल वहादुर गुरुङ पक्राउ परेका छन् । सोही वडाका वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय तनहुँले उनलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजु अधिकारीले वडाध्यक्ष गुरुङ नियन्त्रणमा रहेको उज्यालोलाई जानकारी दिए । ठाडो निवेदनका आधारमा नियन्त्रणमा लिइएको हो अधिकारीले भने । बाँके घर भएका वडा सचिव भुसालको उक्त वडामा नयाँ पोष्टिङ रहेको बताइएको छ । केही दिन...

बन्दीपुरमा वडाअध्यक्ष द्धारा वडा सचिवमाथि कुटपिट, भरतपुरमा उपचार हुँदै

बन्दीपुरमा वडाअध्यक्ष द्धारा वडा सचिवमाथि कुटपिट, भरतपुरमा उपचार हुँदै
  काठमाडौँ । तनहुँको बन्दीपुर गाउँपालिका-६ का वडाध्यक्षले वडा सचिवमाथि कुटपिट गरेका छन् । वडाध्यक्ष बलबहादुर गुरुङले सोमबार बिहान साढे १० बजेतीर कार्यालय समयमा वडा सचिव नवीन भुसाललाई कुटपिट गरेको गाँउपालीकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले जानकारी दिए । वडाध्यक्ष गुरुङलेले कार्यालय समयमा नै वडा सचिव भुसाललाई कुटपिट गरेको प्रमुख प्रशासकीय अधिकृत आचार्यले बताए । घाटी अँठ्याएको र मुक्का प्रहार गरेको प्रशासकीय अधिकृत आचार्यले बताएका छन् । कुटपिटबाट घाइते भ...

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयरको स्वास्थ्यमा सुधार

अर्थमन्त्री पौडेल अस्पतालबाट डिस्चार्ज, मेयरको स्वास्थ्यमा सुधार
काठमाडौं- जलनबाट कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल डिस्चार्ज भएका छन्।उनलाई सोमबार डिस्चार्ज गर्ने निर्णय भएको अस्पतालले जानकारी दिएको छ। ‘गत २ दिनदेखि उपचार गराइरहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलज्यू र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यज्यूको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराइन्छ। दुबै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन। यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडे...