×

मध्य नेपाल

तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किदा २ जनाको मृत्यु

तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किदा २ जनाको मृत्यु
बेंसीशहरबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको स्कुटर र काठमाडौंबाट लमजुङको बेंसीशहरतर्फ आउँदै गरेको माइक्रोबस तनहुँको नेपालडाँडा नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको र माइक्रोबसमा सवार एकजनाको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मृतक र घाइतको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।

भारतीय युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार, कम्मरको गोली निकाल्न नसकेपछि चितवन ल्याइयो

भारतीय युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा गोली प्रहार, कम्मरको गोली निकाल्न नसकेपछि चितवन ल्याइयो
रुपन्देही । आज बिहान बुटवल उपमहानगरपालिका वडा नं ११ बुद्धनगरमा होटेल सञ्चालन गरेकी २९ वर्षीय टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भयो । बिहानै होटेल खोलेर सरसफाइ गर्न थालेकी उनलाई भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर आएका युवकले गोली हानेर भागेको छिमेकीले बताएका छन् । कम्मरमाथि गोली लागेपछि गम्भीर घाइते भएकी टिकाले घटनामा संलग्न ती युवा भारतीय नागरिक आलम अन्सारी भएको प्रहरीसमक्ष बताएकी छन् तर उनको अरू ठेगाना केही खुलेको छैन । स्थानीय र त्यो होटेलको घरभेटीका अनुसार गोली प्...

रास्वपाका सांसद हरि ढकाल भोलि गैँडाकोट आउने

रास्वपाका सांसद हरि ढकाल भोलि गैँडाकोट आउने
गैँडाकोट - राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का सांसद तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज माननीय हरि ढकाल भोलि गैँडाकोट आउनुहुने भएको छ ।नयाँवर्षको अवसरमा रास्वपा गैँडाकोट नगरसमिति वडा नं. ७ ले गैँडाकोटमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागि हुन सांसद ढकाल गैँडाकोट आउन लाग्नुभएको हो । विहान ८ वजे गैँडाकोट ७ को हरिहर मन्दिर नजिकै आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा सांसद ढकाल सहभागि हुने रास्वपाका नगर सभापति विमल घिमिरेले जानकारी दिनुभयो । सांसद ढक...

निजामती कर्मचारीले पनि घोषणा गरे आन्दोलन, यस्ता छन् मागहरू

निजामती कर्मचारीले पनि घोषणा गरे आन्दोलन, यस्ता छन् मागहरू
काठमाडौं- निजामती कर्मचारीहरू पनि आन्दोलनमा उत्रिएका छन् । काठमाडौंमा विभिन्न पेसा, समूहको आन्दोलन बढिरहेका बेला कर्मचारीहरूले पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।२०८१ को अन्तिम दिन संयुक्त पत्रकार सम्मेदन गरेर आन्दोलनको चेतावनी दिएका कर्मचारी संगठनहरूले आजदेखि आन्दोलनका कार्यक्रम अघि बढाएका हुन् । कर्मचारीहरूले संयुक्त ट्रेड यूनियनमार्फत आन्दोलन घोषणा गरेका छन् । जसअन्तर्गत आज शुक्रबार संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्र...

भरतपुरको सिक्स लेनमा रेनुको कुनै योगदान छैन, कार्यकर्तामार्फत भ्रम छरिन् -एमाले चितवन

भरतपुरको सिक्स लेनमा रेनुको कुनै योगदान छैन, कार्यकर्तामार्फत भ्रम छरिन् -एमाले चितवन
  चितवन- नेकपा एमाले चितवनका अध्यक्ष कमलराज पाठकले भरतपुरको सिक्स लेन सडकका बारेमा रेनु दाहालले कार्यकर्तामार्फत भ्रम छरिरहेको बताएका छन् ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुरको गोन्द्राङ्देखि पुल्चोकसम्मको सडकलाई सिक्स लेनमा विस्तार गरिएको छ । संघीय सरकारको बजेटमा सडक डिभिजन कार्यालयले सडक विस्तार गरेको हो ।उक्त सडक भरतपुर महानगरपालिका र आफूले बनाएको भनि कार्यकर्तामार्फत रेनु दाहालले भ्रम छरिरहेको अध्यक्ष पाठकले बताए । सिक्स लेन सडकमा आज एमालेको राष्ट्रिय युवा सं...

कांग्रेसले भन्यो- प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन

कांग्रेसले भन्यो- प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने हुँदैन
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले भनेको आधारमा सरकार बन्ने र ढल्ने नहुने बताएको छ ।बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवासमा बसेको पूर्व पदाधिकारी, पदाधिकारी र मन्त्रीसहितको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले यस्तो बताएका हुन् । ‘प्रमुख प्रतिपक्षी दलले त सरकारको प्रतिपक्षमा भएको हुनाले सरकार ढलिहालोस् भन्ने स्वभाविक धर्म नै हो,’ महतले भने, ‘उहाँ९प्रचण्ड०ले भनेको कुरामा टिप्पणी छैन । उहाँले के भन्नुहुन्छ भन्ने आधारमा सर...

सुन्धारा होटल व्यवसायी संघद्वारा शुभकामना आदानप्रदान र परिचायात्मक कार्यक्रम सम्पन्न

सुन्धारा होटल व्यवसायी संघद्वारा  शुभकामना आदानप्रदान र परिचायात्मक कार्यक्रम सम्पन्न
काठमाडौं । सुन्धारा होटल व्यवसायी संघको आयोजनामा काठमाडौं जनसेवा प्रमुखको रुपमा हालै नियुक्त प्रहरी नायब उपरीक्षक  कृष्ण कुमार चन्दको सम्मानमा स्वागत तथा २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। सस्थाका अध्यक्ष देबी प्रसाद कंडेल ज्युको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष श्री हिरालाल तन्डुकार रहनुभएको थियो। विशिष्ट अतिथिको रुपमा समाजसेवी तथा बरिस्ठ पर्यटन व्यवसायी श्री दिलविकासराज भण्डारी, होटल व्यवसायी ...

हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हावाहुरी र मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
काठमाडौं । आगामी केही दिन देशका धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । अहिले गहुँ, मसुरो जस्ता बाली काट्ने समय भएकाले आफ्नो क्षेत्रको मौसमबारे जानकारी लिएर मात्र बाली काट्नुपर्ने उनीहरुको सुझाव छ । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव छ । त्यसको प्रभावका कारण मेघगर्जन, चट्याङ, हावाहुरी, वर्षा र हिमपातको सम्भावना छ । मौसमविद बिनु महर्जनका अनुसार...

गर्भनर नियुक्तिमा उमेरहद नलाग्ने संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

गर्भनर नियुक्तिमा उमेरहद नलाग्ने संशोधन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
  काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकको गभर्नरका लागि उमेरहद आवश्यक नपर्ने भनी सरकारले संशोधन गरेको मापदण्ड कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले संशोधित मापदण्ड केही समयका लागि कार्यान्वयन नगर्न आदेश दिँदै त्यो आदेशले निरन्तरता पाउने कि नपाउने भन्नेवारे छलफल गर्न दुवै पक्षलाई अर्को साता छलफलका लागि डाकेको छ । अधविक्ताहरू अनन्दराज लुँइटेल, विकास भट्टराई, रामकृष्ण बञ्जारा, देवेन्द्र मैनाली लगायतल...