×

मध्य नेपाल

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त

शिक्षामन्त्रीमा रघुजी पन्त नियुक्त
काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई आज शिक्षामन्त्री नियुक्त गरेका हुन् । शिक्षामन्त्री विद्या भट्टराईले अस्ति सोमवार पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदका लागि सरकारले आजै पन्तको नाम सिफारिस गरेको थियो ।पन्तको शपथ ग्रहण भोलि हुनेछ ।

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा

विश्वका कूल हिउँचितुवामध्ये १० प्रतिशत नेपालमा
काठमाडौँ- विश्वकै दुर्लभ अवस्थामा मानिएको हिउँचितुवाको नयाँ तथ्याङ्क सार्वजनिक गरिएको छ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन) का अनुसार नेपालमा हिउँचितुवाको सङ्ख्या तीन सय ९७ भएको पाइएको छ । विश्वको कूल दुई प्रतिशत हिउँचितुवाको बासस्थान रहेको नेपालमा १० प्रतिशत हिउँचितुवा भेटिएका आइयूसिएनको भनाइ छ । नेपालका उच्च हिमाली क्षेत्रको ३० हजार पाँच सय वर्गकिमी क्षेत्रफलमा यसको बासस्थान रहेको छ । अमेरिकामा रहेको ‘स्नो लियोपार्ड ट्रष्ट’ का अनुसार हाल विश्वको २० लाख किलोम...

कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने निर्णय

कक्षा १२ को परीक्षा वैशाख २१ देखि गर्ने निर्णय
काठमाडौं- यही वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा सरेर वैशाख २१ गतेदेखि हुने भएको छ।मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्ने निर्देशन दिएपछि वैशाख २१ गतेदेखि गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। अध्यक्ष शर्मा र शिक्षा सचिव दीपक काफ्ले मंगलबार प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए। सोही भेटमा परीक्षा केही दिन सार्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका हुन्। विद्यालय शिक्षा ऐन तत्काल जारी ग...

गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः माननीय पौडेल

गण्डकी कोटिहोम महायज्ञले इतिहास रच्ने निश्चित छः माननीय पौडेल
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञले नेपालको धार्मिक क्षेत्रमा छुट्टै इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेश माननिय विन्दु पौडेलले बताएकी छन् । सोमबार महायज्ञमा प्रमुख अतिथीको रुपमा उपस्थित भएकी माननीय पौडेलले धेरै पछि देशमा यस प्रकारको व्यबस्थित कार्यक्रम सञ्चालन भएको बताएकी छन् । साथै उनले गण्डकी कोटिहोम महायज्ञले नेपालको धार्मिक इतिहासमा इतिहास रच्ने निश्चित रहेको बताएकी छन् । कार्यक्र...

उपचारका लागि भारत जाँदै राप्रपा महामन्त्री धवल शम्शेर राणा

उपचारका लागि भारत जाँदै राप्रपा महामन्त्री धवल शम्शेर राणा
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहेका राजसंस्था पुनर्स्थापना संयुक्त जनआन्दोलन समितिका आन्दोलन परिचालन समिति प्रमुख धवल शम्शेर राणा उपचारका लागि भारत जाने भएका छन्।वैशाख १० गते राणा उपचारका लागि भारत जान लागेका हुन्। उपचारका लागि उनलाई प्रहरीले हिरासतमुक्त गरेको थियो। उपचार गरी फर्केपछि राणामाथि प्रहरीले थप अनुसन्धान पनि गर्नेछ। उपचारका लागि उनलाई प्रहरीले आइतबार हाजिरी जमानीमा छाडिएको प्रहरीले जनाएको छ। राजसंस्था पुनर्स्थापनाका लागि दुर्गा प्रसा...

पाथीभरा घटनामा मृत्यु भएका सबैको सनाखत

पाथीभरा घटनामा मृत्यु भएका सबैको सनाखत
काठमाडौं । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका १० बस्ने सबिना आचार्यकी छोरी १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका १५ बस्ने ७० वर्षीय विनोद पौडेल, विनोद पौडेलकी श्रीमति ६९ वर्षीया सरिता पौडेल र चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० बस्ने अन्दाजी ४२ वर्षीय दुर्गा भट्टराई छन् । सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च...

कालीकोटमा ट्रयाक्टर दुर्घटना, चार जनाको मृत्यु

कालीकोटमा ट्रयाक्टर दुर्घटना, चार जनाको मृत्यु
कालिकोट- कालीकोटमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका ३ लार्प नजिक राति करिब ११ः३० बजेतिर ट्याक्टर दुर्घटनामा परेको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । यद्यपि, घटनाका थप विवरण आउन बाँकी छ । दुर्घटनाबारे स्थानीयले प्रहरीलाई राति नै खबर गरेका थिए । खबर पाउने बित्तिकै जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गोविन्द चौधरीको नेतृत्वमा टोली राति १ बजे नै सदरमुकाम मान्मबाट घटनास्थलतर्फ प्रस्थान गरेको छ ।घटनास्थल पुग्न...

श्री गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान

श्री गण्डकी कोटिहोम महायज्ञमा प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिनेः उत्कृष्ट झाँकीलाई नगद सहित सम्मान
पोखरा महानगरपालिका वडा नं. १७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञमा गण्डकी प्रदेश स्तरीय सांस्कृतिक झाँकी प्रदर्शनी गरिने भएको छ । गण्डकी प्रदेशमा रहेका विभिन्न जातजातीहरुको मौलिक सांस्कृतीक झाँकी प्रदर्शनी कार्यक्रम गर्न लागिएको आयोजक मानव सेवा फाउण्डेसन नेपालले जानकारी दिएको छ । झाँकी प्रदर्शनीमा सहभागी समूहमध्य उत्कृष्ट समूलाई नगद सहित सम्मान पनि गरिने छ । जहाँ प्रथम हुने समूहलाई रु ३१ हजार १३१ सहित प्रमाणपत्र र मायाको च...

त्रिशुलीमा खस्यो मोटरसाइकल, उद्धार हुँदै

त्रिशुलीमा खस्यो मोटरसाइकल, उद्धार हुँदै
काठमाडौं- त्रिशुली नदीमा मोटरसाइकल खसेको छ।आइतबार साँझ साढे ५ बजे धादिङ बेनिघाट रोराङ गाउँपालिका-७स्थित त्रिशुली नदीमा दुई जना सवार मोटरसाइकल खसेको हो। अहिले उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक अस्मितकुमार चौहान कमाण्डमा गोताखोरसहितको टोली खटिएको सहप्रवक्ता एवं डिएसपी शैलेन्द्र थापाले जानकारी दिए। टोलीले करिब १ सय ५० मिटर तल भिरबाट रोप रेस्क्यु र स्टेचरको प्रयोग गरेर मोटरसाइकल र घाइतेलाई माथि ल्याउने कार्य ...