×

मध्य नेपाल

विनयी खोलाको बाढीले बगायो डाइभर्सन, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध

विनयी खोलाको बाढीले बगायो डाइभर्सन, पूर्व-पश्चिम राजमार्ग अवरूद्ध
विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व-पश्चिम राजमार्ग अवरूद्ध भएको छ।शुक्रबार बिहान पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-१ स्थित विनयी खोलामा बाढी आउँदा डाइभर्सन बगाएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डिएसपी मधु नेपालले जानकारी दिए।डाइभर्सन बगाएपछि नारायणघाट-बुटवल सडक अवरूद्ध भएको छ। अत्यावश्यकबाहेकका सवारी साधान खोलाको वारपार रोकिएका छन्। अत्यावश्यक सवारी साधनहरूलाई भने होङ्सी सिमेन्ट उद्योग हुँदै दुम्किबासतर्फबाट पठाइएको डिएसपी नेपालले जानकारी द...

पोखरा कोटिहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने

पोखरा कोटिहोम महायज्ञमा भोलि ११ हजार विशाल शोभा कलश यात्रा हुने
पोखरा-  पोखरा महानगरपालिका वडा नं. १७ बिरौटास्थित हरिहर मन्दिर परिसरमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ धार्मिक र सांस्कृतिक उत्सवको प्रमुख केन्द्र बनेको छ ।वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण भएपछि चैत्र २९ गतेदेखि अनुराधा पाण्डेद्वारा श्यामद भागवत कथा प्रवचनको शुरुवातसँगै महायज्ञमा दैनिक रुपमा कथा वाचन शुरु भएको हो । महायज्ञमा हाल अन्तराष्ट्रिय कथा बाचिक देवी प्रतिभाले कथा वाचन गरेकी छन् । देवी प्रतिभाले बैशाख १८ गते सम्म कथा वाचन गर्ने कार्यक्रम...

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु

पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–१ मा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । चालकसहित दुई जना घाइते भएका छन् ।असारेबाट ठूलोपोखरीतर्फ जाँदै गरेको लु ३ च २३५७ नम्बरको जिप आइतबार राति करिब १०ः१० बजेतिर अनियन्त्रित भई सडकबाट करिब २०० मिटर तल खसेको थियो । दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–१ असारेका २२ वर्षीय जनक रेगामी, ३६ वर्षीय दिपेन्द्र बुढा र ३१ वर्षीय चेतनारायण विक छन् । उनीहरुको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधि...

गैँडाकोटमा चट्याङ लागेर ट्याक्टर चालक घाइते

गैँडाकोटमा चट्याङ लागेर ट्याक्टर चालक घाइते
गैँडाकोट । कालीगण्डकी करिडोर अन्तर्गत पर्ने पूर्वी नवलपरासीको गैँडाकोट स्थित महेशखोलामा चट्याङ लागेर एक पुरुष घाइते भएका छन् ।घाइते हुनेमा धादिङ थाक्रे गाउँपालिका वडा नं. ४ स्थायी घर भै हाल गैँडाकोट ३ वस्ने ३३ वर्षका मिलन गिरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । काष्ठमण्डप कन्ष्ट्रकसन प्रा.लि.को ट्याक्टर चालक रहेका उनलाई आज साँझ ६ः३५ वजे महेश खोलमा चट्याङ लागेको थियो । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

भेरी अस्पतालको मेडिकल स्टोरमा आगो लाग्दा कम्तिमा ३ करोड क्षति

भेरी अस्पतालको मेडिकल स्टोरमा आगो लाग्दा कम्तिमा ३ करोड क्षति
काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा आगलागी भएकाले आइतबार र सोमबार (आज र भोलि) आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीले शनिबार भएको आगलागीका कारण आज र भोलि दुई दिन ओपीडीमा बिरामी जाँच र ल्याब सेवाको काम बन्द गरिएको जानकारी दिए । शनिबार ओपीडी बिल्डिङमा रहेको मेडिकल स्टोर (अस्पतालमा दिनहुँ खपत हुने सामान राख्ने कोठा)  मा आगलागी भएको थियो । आगलागीबाट ओपीडी भवन, मेडिकल स्टोर र फार्मेसीमा क्षति पुग...

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा मेला
काठमाडौं । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आज मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वलाईं ‘आमाको मुख हेर्ने दिन’ वा ‘आमा खुवाउने’ औँसी पनि भनिन्छ । पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. वासुदेव कोइरालाका अनुसार यस दिन बिहान सबेरै स्नान गरी आमालाई उपहार दिने, विभिन्न मिष्ठान्न खुवाइ आमाको मुख हेर्ने र आशिर्वाद लिने प्रचलन छ । आमा नभएकाहरुले भने श्राद्ध गर्द...

मुग्लिन पोखरा सडक – दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरू

मुग्लिन पोखरा सडक – दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरू
तनहुँ । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको सदरमुकाम दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु भएको छ । केही समय अगाडी सोही ठाउँमा पहिलो चरणको कालोपत्र सकिएपछि शुक्रबारदेखि दोस्रो चरणको कालोपत्र थालिएको हो । दमौली बजारकै मुख्यचोक, सफासडक चोक र तरकारी लाइन चोकमा पहिलो चरणको कालोपत्र भइसकेको छ । दमौली बजारमा अहिले एकतर्फी कालोपत्रको काम चलिरहेको मुग्लिन पोखरा सडक योजना पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । पूर्वी खण्डका अन्य ठाउ...

चितवनको कालिका नगरपालिकाले भन्यो – आइतबार देखि नियमित स्कुल सञ्चालन गर्नू

चितवनको कालिका नगरपालिकाले भन्यो – आइतबार देखि नियमित स्कुल सञ्चालन गर्नू
चितवन — शिक्षकहरुको आन्दोलन उत्कर्षमा रहँदा चितवनकै कालिका नगरपालिकाले आउँदो आइतबार देखि नियमित कक्षा सञ्चालन गर्न परिपत्र गरेको छ ।नगरप्रमुख विनोद रेग्मीको आदेशअनुसार प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैशाख १५ गतेदेखि विद्यार्थी भर्ना सुरु गर्दै पढाइ प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको हो । “विद्यालयमा समयमा भर्ना भई अध्ययन गर्न पाउने विद्यार्थीको अधिकार सुनिश्चित गर्न नगरप्रमुखको आदेशअनुसार वैशाख १५ देखि भर्नासँगै कक्षा सञ्चालन ग...

आज भूकम्प स्मृति दिवस

आज भूकम्प स्मृति दिवस
काठमाडौं- राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो।रुकुम पूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा लगातार गइरहेको भूकम्प मध्येको पछिल्लो हो। भूकम्प स्मृति दिवस मनाउन लागिएको अघिल्लो दिन नै रुकमुपूर्वमा सामान्य प्रकृतिको भूकम्प गएको हो। पश्चिम नेपालमा पछिल्ला दिनमा साना प्रकृतिका भूकम्प लगातार गइरहेका छन्। विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्...