×

मध्य नेपाल

जमिनमुनि गाडी हराएको पाँचौ दिनमा भूगर्भविद्‍ले थाले अध्ययन

जमिनमुनि गाडी हराएको पाँचौ दिनमा भूगर्भविद्‍ले थाले अध्ययन
काठमाडौं । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडाको सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर गाडी नै बेपत्ता भएको क्षेत्रको अध्ययन गर्न खानी तथा भूगर्भ विभागको टोली आइपुगेको छ ।जमिन भासिएर गाडी बेपत्ता भएको पाँचौं दिनमा नारायण अधिकारीको नेतृत्वमा विभागको चार सदस्यीय टोलीले अध्ययन थालेको हो । भूगर्भविद अधिकारीका अनुसार घटना स्थलको भू-बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायत विषयमा अध्ययन केन्द्रित हुने छ ।घटनास्थलको माटोको सतह र घटनाको कारणबारे तथ्यांकीय अध्ययन गर्ने अधिक...

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै

कोटीहोममा हजार कन्याको पूजा र हजार ज्येष्ठ नागरिकलाई सम्मान गरिँदै
पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा एक हजार भन्दा बढी बालिका सहभागी गराएर पूजा गरिने भएको छ । आगामी शनिबार तीनदेखि नौ वर्ष उमेर समूहका एक हजार बढी कन्या सहभागी गराएर पूजा गर्ने तयारी भइरहेको प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । संयोजक ढकालका अनुसार ७० वर्षभन्दा माथि उमेर पुगेका एक हजार भन्दा बढी ज्येष्ठ नागरिकलाई पनि सम्मान गर्ने तयारी भएको छ । ज्येष्ठ नारिकलाई श्रीमद्भगवत गीता र पाँच हजार भन्दा बढी रामनाम पुस्तक वितरण...

गैँडाकोटमा खोलामा डुबेर २ युवकको मृत्यु

गैँडाकोटमा खोलामा डुबेर २ युवकको मृत्यु
गैँडाकोट-पूर्वी नवलपरासीमा पौडी खेल्ने क्रममा खोलामा डुबेर २ युवकको मृत्यु भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १ र वडा नं. ३ जोड्ने जुक्तीखोलामा पौडी खेल्ने क्रममा डुबेर २ युवकको ज्यान गएको हो । मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नं. ८ गौरीगंज घर भएका १६ वर्षका प्रमिशन पाठक र वडा नं. ४ लंकु घर भएका १६ वर्षका शिशिर पन्त रहेका छन् ।दिउसो २ वजे पौडी खेल्ने क्रममा साथीहरु डुवेको र त्यसको केहि समयपछि पुल निर्माण गर्ने मजदुरहरुले उनिहरुको शव बाहिर निकालेको पौडी खेल्न साथीहरुस...

दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतको आदेश

दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतको आदेश
काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईंले क्यान्सर रोगको उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्न भन्दै दिएको निवेदनको सन्दर्भमा उनको उपचार प्रबन्ध गर्न आदेश दिएको हो । यसअघि पनि अदालतले उपचारको व्यवस्था गर्न आदेश दिएको थियो । तर, उनी हिरासतमै थिए ।अदालतले ज्यानसम्बन्धी कसुरमा बयान गर्न बाँकी रहेको भन्दै उनलाई तत्काल तारेक...

कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने

कोटीहोममा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने
पोखरा-  पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा वाचन प्रवीण दिनबन्धु पोखरेल आउने भएका छन् । कोटीहोममा पोखरेलले आगामी बैशाख २८ देखि जेठ ३  सम्म कथा वाचन गर्ने कार्यक्रम तय भएको कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । ढकालका अनुसार पोखरेल आफ्नै झाँकी समूह र सगीत समूह सहित कोटीहोममा सहभागी हुनेछन् । १७दिनदेखि जारी कोटीहोममा एक सय कुण्डमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीयआचार्य प्रशान्त कृष्ण पंराकुशजी लगायत साधु सन्त...

नारायणघाट-बुटवल सडक सञ्चालनमा

नारायणघाट-बुटवल सडक सञ्चालनमा
काठमाडौं- पूर्वपश्चिम राजमार्गको दाउन्नेस्थित नारायणघाट-बुटवल सडक सञ्चालनमा आएको छ।गएराति देखि निरन्तर परेको वर्षाका कारण अवरूद्ध बनेको सडक आइतबार दिउँसोदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ। सडकमा जम्मा भएको हिलो तथा गेग्रान हटाएर सडक सञ्चालनमा ल्याएको हो। बाटो बन्द भएपछि सवारीसाधनहरू वैकल्पिक बाटो हुँदै चलिरहेका थिए। सडक विस्तारको कामलाई तीव्र पार्न दाउन्ने खण्डमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म दैनिक रूपमा सडक पूर्ण रूपमा बन्द गरिँदै आए...

पर्यटकका पहिलो रोजाइको गन्तव्य बन्दै मेघौली

पर्यटकका पहिलो रोजाइको गन्तव्य बन्दै मेघौली
चितवन- चितवन राष्ट्रिय निकुञ्जको पश्चिमतर्फको प्रवेशद्वार मेघौली कुनै समय विश्वका धनाढ्यहरुको चहलपहल भइरहने ठाउँ थियो । विश्वका धनाढ्यहरु मेघौली हुँदै जङ्गलभित्रका लक्जरी रिसोर्टहरुमा पुग्थे । जङ्गलभित्रको टाइगर टप्स रिसोर्ट तत्कालीन समयमा नेपालका राजपरिवारदेखि विदेशी पर्यटकका लागि आकर्षक केन्द्र थियो । पर्यटन क्षेत्रका लागि ‘हाइ इन्ड’ भनिने धनी पर्यटकका लागि त्यहाँसम्म पुर्‍याउनका लागि मेघौलीमा विमानस्थल नै बनाइएको थियो । काठमाडौँबाट हेलिकप्टर तथा ट्विनअटर विमानबाट उनीहरु...

कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु
भक्तपुर । कक्षा १२ को परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ । आजबाट सुरु परीक्षाा आगामी जेठ २ गतेसम्म सञ्चालन हुने छ ।राष्ट्रिय परीक्षा बोर्डले देशभरका केन्द्रमा परीक्षाको तयारी पूरा भएको जनाएको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माले कक्षा १२ को परीक्षाको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर परीक्षामा सहभागी हुन सम्पर्ण परीक्षार्थीलाई आग्रह गरेका छन् । बोर्डका अनुसार देशभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर...

खाल्डोको पानी सुकाएर बाँस डुबाउँदा पनि भेटिएन बेपत्ता गाडी

खाल्डोको पानी सुकाएर बाँस डुबाउँदा पनि भेटिएन बेपत्ता गाडी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१६ र १७ नम्बर वडा जोडिएको गैरीगाउँमा सडक भासिएर बेपत्ता भएको गाडी शनिबार दिनभरको प्रयासमा पनि फेला पर्न सकेन । गाडी भासिएको खाल्डोमा पानी सुकाएर खोजी गरिएको थियो । बाँस डुबाएर गाडीको पत्ता लगाउन खोजिए पनि फेला पार्न नसकिएको मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । पानी सुकाउने क्रममा वरपरको माटो खसेर खाल्डा पुरिँदै जाँदा खोजीकार्य थप जटिल बनेको डीएसपी अर्यालले बताए ।‘खाल्डा वरपर जान सकिने अवस्था पनि छैन । माटो खसेर ख...