×

गैँडाकोट । कालीगण्डकी करिडोर अन्तर्गत पर्ने पूर्वी नवलपरासीको गैँडाकोट स्थित महेशखोलामा चट्याङ लागेर एक पुरुष घाइते भएका छन् ।घाइते हुनेमा धादिङ थाक्रे गाउँपालिका वडा नं. ४ स्थायी घर भै हाल गैँडाकोट ३ वस्ने ३३ वर्षका मिलन गिरी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

काष्ठमण्डप कन्ष्ट्रकसन प्रा.लि.को ट्याक्टर चालक रहेका उनलाई आज साँझ ६ः३५ वजे महेश खोलमा चट्याङ लागेको थियो । उनको चितवनको भरतपुर अस्पतालमा उपचार भैरहेको छ ।

तपाईको प्रतिक्रिया