×

चितवन — शिक्षकहरुको आन्दोलन उत्कर्षमा रहँदा चितवनकै कालिका नगरपालिकाले आउँदो आइतबार देखि नियमित कक्षा सञ्चालन गर्न परिपत्र गरेको छ ।नगरप्रमुख विनोद रेग्मीको आदेशअनुसार प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै बैशाख १५ गतेदेखि विद्यार्थी भर्ना सुरु गर्दै पढाइ प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको हो ।

“विद्यालयमा समयमा भर्ना भई अध्ययन गर्न पाउने विद्यार्थीको अधिकार सुनिश्चित गर्न नगरप्रमुखको आदेशअनुसार वैशाख १५ देखि भर्नासँगै कक्षा सञ्चालन गर्न अनुरोध गरिएको छ,” चौलागाईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षकहरू विद्यालय शिक्षा ऐनको माग राख्दै चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी भएसंगै वैशाख २ गतेदेखि सुरु हुने भनिएको विद्यार्थी भर्ना अभियान सुरु हुन सकेको छैन । सामुदायिक विद्यालय ठप्प हुँदा विद्यार्थीको पठनपाठन प्रभावित भएको छ तर निजी  विद्यालयमा भने नियमित कक्षा सञ्चालन भइरहेका छन् ।

तपाईको प्रतिक्रिया