×

मध्य नेपाल

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु

ट्रयाक्टर दुर्घटनामा वडा सदस्यसहित दुई जनाको मृत्यु
भोजपुर । भोजपुर नगरपालिका-५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १-०२-००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका-३ सेतीबगरमा गए राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा मृत्यु हुनेमा भोजपुर-५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले जानकारी दिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको र ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

३९ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?

३९ सयले बढ्यो सुनको मूल्य, आज कतिमा हुदैँछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेर एक लाख ८५ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार सुन तोलामा एक लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बिहीबार चाँदी एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्‍याइयो, विमानमार्फत काठमाडौं ल्याइने

दुर्गा प्रसाईंलाई झापा ल्याइपुर्‍याइयो, विमानमार्फत काठमाडौं ल्याइने
  काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्‍याइएको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दियो । भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए । दुर्गा प्रसाईंलाई ल्याउँदै गर्दा काँकडभिट्टा नाकामा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको थियो । उनका आफन्त र केही समर्थकहरु पनि त्यहाँ भेला भएका थिए...

दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइदै

दुर्गा प्रसाईं भारतमा पक्राउ, नेपाल ल्याइदै
  काठमाडौं । गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन् ।प्रहरी स्रोतका अनुसार उनी भारतको असाम राज्यबाट पक्राउ परेका हुन् ।उनलाई पक्राउ गरेर प्रहरीको टोलीले नेपाल ल्याउँदैछ । तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं केहीबेरपछि सम्पर्कविहीन भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए । यद्यपि उनी पक्रा...

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु

सरकार र शिक्षक महासंघबीच वार्ता सुरु
काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच वार्ता सुरु भएको छ ।शिक्षा मन्त्रालयमा जारी वार्तामा शिक्षक महासंघबाट सहअध्यक्ष नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छ । सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छ ।  

पानी परेपछि काठमाडौंको वायु गुणस्तर सुधार

पानी परेपछि काठमाडौंको वायु गुणस्तर सुधार
काठमाडौं । पानी परेसँगै काठमाडौंको वायु गुणस्तरमा केही सुधार भएको छ ।हिजो दिउँसोसम्म विश्वकै प्रदूषित सहरको सूचीमा दोस्रो नम्बरमा रहेको काठमाडौं आज बिहान १२ नम्बरमा झरेको छ । पानी पर्दा वायुमण्डलमा भएको धुलो र हावाको कण पखालिँदै वायुको गुणवत्ता केही सुधार भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविदहरुका अनुसार आज, भोलि र पर्सि पनि पानी पर्ने पूर्वानुमान भएकाले नेपालमा वायुको गुणस्तर आजको तुलनामा अझै सुधार हुने अनुमान गर्न सकिन्छ । विश्वभरका ...

नारायणी नदीमा डुबेर बेपत्ता ९ बर्षका बालकको शव भेटियो

नारायणी नदीमा डुबेर बेपत्ता ९ बर्षका बालकको शव भेटियो
गैँडाकोट । गैँडाकोटको बृटिसक्याम नजिकै नारायणी नदीमा डुबेर बेपत्ता भएका ९ वर्षका स्वप्नील सेर्पुजाको शव भेटिएको छ । शसस्त्र प्रहरीको गोताखोर टोलिले उनको शव भेटाएको हो । नदीमै बेपत्ता भएकी उनकी दिदी दिक्षा सेपुर्जाको खोजीकार्य चलिरेहको छ ।

चारदेशीय टी-२० सिरिजमा नेपालको विजयी सुरूवात

चारदेशीय टी-२० सिरिजमा नेपालको विजयी सुरूवात
काठमाडौं- हङकङमा बुधबारदेखि सुरू भएको चारदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ।हङकङको मङ कोकस्थित मिसन ग्राउन्ड रोडमा कतारलाई ८ विकेटले पराजित गर्दै नेपालले सुखद सुरूवात गरेको हो। कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर भेट्टायो।कप्तान रोहित पौडेल ३७ रन र बसिर अहमद ३० रन बनाएर नट आउट रहे।पौडेलले २९ बलमा २ चौका र १ छक्का प्रहार गर्दा बसिर अहमदले ३३ बलमा २ चौका हाने। त्यसअघि ओपनर कुशल भूर्तेलले १९ बलमा ४ चौका र तीन छक्काको मद्दतबाट ३८ रन ज...

नारायणगढ-बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द

नारायणगढ-बुटवल सडक विस्तार : दाउन्ने खण्ड चार घण्टा बन्द
त्रिवेणी । नारायणगढ-बुटवल सडक योजनाले दाउन्ने खण्डमा आजदेखि दैनिक चार घण्टा सवारी आवागमन बन्द हुने जनाएको छ । नारायणगढ-बुटवल सडक निर्माण आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म बाटो बन्द हुनेछ ।