×

मध्य नेपाल

७ वरिष्ठ अध्यागमन अधिकृतसहित १३ उपसचिवको सरुवा

७ वरिष्ठ अध्यागमन अधिकृतसहित १३ उपसचिवको सरुवा
काठमाडौँ । गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका ७ जना वरिष्ठ अध्यागमन अधिकृत (उपसचिव) सहित कुल १३ उपसचिवहरूको सरुवा गरेको छ। मन्त्रालयले विमानस्थलमा कार्यरत अधिकृतहरूलाई फिर्ता बोलाएर विभिन्न जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, निर्देशक र उपसचिवहरूलाई नयाँ जिम्मेवारी दिएको हो। फिर्ता बोलाइएका वरिष्ठ अध्यागमन अधिकृतहरूमा सीता परियार, बाबुलाल रेग्मी, सत्यराज जोशी, तारानाथ पनेरु, माधव प्रसाद ढुंगाना, फणीन्द्र दाहाल र सूर्य प्रसाद उपाध्...

रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते

रुपन्देहीमा भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, २२ जना घाइते
लुम्बिनी  । रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–७ भरवलिया गाउँमा पिकअप भ्यान दुर्घटना हुँदा एक बालिकासहित दुई जनाको मृत्यु भएको छ भने अन्य २२ जना घाइते भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका–७ स्थित शिवगढिया मोडमा सोमबार साँझ लु१च २७६३ नम्बरको पिकअप भ्यान पल्टिंदा गैंडहवा गाउँपालिका–१ शिवपुरवाकी १२ वर्षीया अस्मिता यादव र शुद्धोधन गाउँपालिका–६ मानमटेरियाकी ४८ वर्षीया जानमती यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ । घाइतेमध्ये तीन जनाको लुम्...

चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना

चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं- हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।सोमबार बिहान देशका पहाडी भूभागमा मौसम आंशिक बदली भई बाँकी भूभागमा मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।त्यस्तै काठमाडौंको प्रदूषण कायमै छ।मौसमविद डेविड ढकालका अनुसार सोमबार दिउँसो चार प्रदेशमा वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णालीको पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको उनले बताए। सोही प्रदेशका हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपा...

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न

श्री गण्डकी कोटिहोम महायज्ञको संकल्प सभा सम्पन्न
  पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ संकल्प सभा आज गरिएका छ । आगामी बैशाख १७ गते देखी सुरु भई जेठ २६ गते सम्म सञ्चालन हुने उक्त महायज्ञको संकल्प सभा एक कार्यक्रमको विचमा गरिएको हो । संकल्पसभामा महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजय श्री कृष्ण मूर्ती जी महाराजले महायज्ञ अवधिभर हुने विविध कार्यक्रमको बारेमा जानकारी दिदै ऐतिहासिक श्री गण्डकी कोटिहोम महायज्ञले गण्डकी क्षेत्र र...

अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखाँचीको मालारानीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु
  अर्घाखाँची ।अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् ।जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । खनदहतर्फ गइरहेको जिप आज बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।प्रहरीका अनुसार दु...

चितवन जुत्ताचप्पल मेला -नयाँ बर्षमा नयाँ जुत्ता, नहोस् कसैको खाली खुट्टा

चितवन जुत्ताचप्पल मेला -नयाँ बर्षमा नयाँ जुत्ता, नहोस् कसैको खाली खुट्टा
  भरतपुर – भरतपुरस्थित चितवन एक्स्पो सेन्टरमा चैत्र १४ गतेदेखि चौंथो चितवन स्वदेशी जुत्ता चप्पल प्रवर्द्नन तथा व्यापार मेला २०८१र८२ चलिरहेको छ। चितवन उद्योग संघ र नेपाली जुत्ता घरको संयुक्त आयोजनामा सुरु भएको चौथो चितवन फुटवयर एक्स्पो चितवन जुत्ताचप्पल मेलामा अवलोकनकर्ताहरुको भिड दिनदिनै बढिरहेको छ। सुपथ मुल्यमा गुणस्तरीय जुत्ताचप्पल त्यसमा पनि थप छुटको व्यवस्था सहित पाएपछी ग्राहकहरुको भिड लाग्दै गएको हो । मेलामा प्रत्येक जुत्ता चप्पलको खरिदमा १५ देखि ५० प्रतिशत...

३ मिनेटको फरकमा दुइटा भुइँचालो, केन्द्रविन्दु जाजरकोट

३ मिनेटको फरकमा दुइटा भुइँचालो, केन्द्रविन्दु जाजरकोट
काठमाडौं- शुक्रबार राति नेपालमा भुइँचालो गएको छ।जाजरकोट केन्द्रविन्दु बनाएर तीन मिनेटको फरकमा दुइटा भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूगर्भविद लोकविजय अधिकारीले जानकारी दिए। यसअघि राति ८ बजेर ७ मिनेट जाँदा जाजरकोट जिल्लालाई केन्द्रविन्दु बनाई ५।२ म्याग्निच्युडको भूकम्प गएको थियो। लगत्तै ८ बजेर १० मिनेट जाँदा ५।५ म्याग्निच्युडको भूकम्प गएको हो। थप विवरण आउन बाँकी छ।

श्री गण्डकी कोटिहोम महायज्ञमा भागवत बाचन गर्न अनुराधा पाण्डेय आउने

श्री गण्डकी कोटिहोम महायज्ञमा भागवत बाचन गर्न अनुराधा पाण्डेय आउने
  पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् । यसै विच २०८२ साल बैशाख १७ गतेदेखि सञ्चालन हुने कोटिहोम महायज्ञको प्रचारप्रसार स्वरुप यहि चैत्र २९ गते बाट नै कथा प्रवचन हुने भएको छ । यस कोटिहोम महायज्ञमा पहिलो कथा प्रवचनका लागि विश्वकै कान्छि भागवत वाचिका अनुराधा पाण्डेय भारतबाट नेपाल आउने भ...

बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ

बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ
रौतहट। खेतमा आउने जंगली बँदेल मार्न थापेको विद्युतिय धरापमा परेर रौतहटमा एक महिलाको ज्यान गएको छ ।रौतहटको वृन्दावन नगरपालिका-१ बलेरी खोरमा महिलाको विद्युतिय धरापमा पर्दा ज्यान गएको हो । स्थानिय सुशील विश्वकर्माको मकै खेतमा जंगली बँदेल मार्नका लागी नाँगो तार तानेर करेन्ट प्रवाह गरी छोडेको अवस्थामा सोही खेतको बाटो हुदै आउने क्रममा ४५ वर्षिया फुलमतिया देवीको करेन्ट लागेर मृत्यु भएको थियो । बँदेल मार्न थापेको धरापमा महिला मृत अवश्थामा भेटेपछि सुशिल विश्वकर्मा र जितेन्द्र पट...