×

मध्य नेपाल

सुरक्षाकर्मी संयम नभएको भए अझ ठूलो क्षति हुन्थ्यो – गृहमन्त्री

सुरक्षाकर्मी संयम नभएको भए अझ ठूलो क्षति हुन्थ्यो – गृहमन्त्री
काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते राजावादी आन्दोलनको क्रममा अगुवाहरूले भिडलाई उत्तेजित बनाएको बताएका छन् ।राज्य व्यवस्था समितिमा त्यस दिनको घटनाबारे जवाफ दिँदै उनले निषेधित क्षेत्र तोड्दै संसद भवन छिर्न उक्साउने, घरमा मान्छे भनेर थाहा हुँदै गर्दा आगो लगाउने, दमकललाई छेक्ने, पार्टी कार्यालय र नेताको घर तोडफोड गर्ने र ढुंगा हान्नेसम्मका काम भएको बताए । लेखकले भने, ‘संयमता नअपनाएको भए अझ धेरै क्षति हुने थियो, जस्तो आपराधिक गतिविधि भए, त्यसरी नै सुरक्षा निकाय संयम न...

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्बन

नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष नेपालसहित ५ जना निलम्बन
  काठमाडौं । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ। अध्यक्ष नेपाल र उपाध्यक्ष विशाल भण्डारीलाई पत्र लेखेर आइएफआरसीले निलम्बन गरेको जानकारी गराएको हो। अध्यक्ष नेपाल सहित विनोद कुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो। उनीहरू माथी संस्थाको आधारभूत मान्यतालाई कुल्चेको, सामान्य सिद्धांत हरु परिपालना नगरेको , प्रशनशनिक अराजकता निम्त्य...

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा २८ करोडको क्षति

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा २८ करोडको क्षति
  काठमाडौँ – जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडले गत शुक्रबार राजावादी समर्थकको आगजनी र तोडफोडबाट करिब २८ करोड बराबरको क्षति भएको जनाएको छ । चैत १५ गते भएको आगजनी र तोडफोडबाट सन्चो उत्पादन गर्ने भवन, ल्याब पूर्णरुपमा क्षति भएको र करिब २८ करोड बराबरको क्षति प्रारम्भिक अनुमान रहेको कम्पनीले जनाएको छ । कम्पनीकी महाप्रबन्धक संगीता यादवले क्षतिको विस्तृत अध्ययन गर्न बाँकी रहेको जानकारी दिइन् । आगजनी र तोडफोडका कारण केहीदिन उत्पादन कम हुनसक्ने भन्दै कम्पनीका अ...

सांसद दीपक बोहराको निधन

सांसद दीपक बोहराको निधन
  काठमाडौं । सांसद दीपक बोहराको निधन भएको छ ।राष्ट्रिय प्रजातन्त्र पार्टी का वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौंको ओम अस्पतालमा निधन भएको उनका स्वकिय सचिव तारामणि चन्दले जानकारी दिए । उनी रुपन्देही क्षेत्र नम्बर-३ बाट निर्वाचित सांसद हुन् । पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर ९जेठ २०७७० मा संक्रमित भएका थिए । संक्रमणको चाररपाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो...

प्रधानमन्त्री ओलीको नेतृत्वमा २१ सदस्यिय टोली आज थाइल्याण्ड जाँदै

प्रधानमन्त्री ओलीको नेतृत्वमा २१ सदस्यिय टोली आज थाइल्याण्ड जाँदै
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली मित्र राष्ट्र थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) को छैटौँ शिखर सम्मेलनमा भाग लिन आज बैंककतर्फ प्रस्थान गर्ने भएका छन् । थाइल्याण्डका प्रधानमन्त्री फेथोङथान सिनावात (पैटोङ्टार्न शिनावात्रा) को मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट इतिहासमै पहिलो पटक थाइल्याण्डको औपचारिक भ्रमण हुन लागेको हो। प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली आज दिउँसो १३ः३० बज...

गैँडाकोटको बिजयचोकमा स्कुटरको ठक्करबाट महिला घाइते

गैँडाकोटको बिजयचोकमा स्कुटरको ठक्करबाट महिला घाइते
गैँडाकोट - पूर्वी नवलपरासीको गैँडाकोटमा स्कुटरको ठक्करबाट एक महिला घाइते भएकी छिन् । गैँडाकोट नगरपालिका वडा नं. ८ विजयचोकमा पश्चिमतर्फ जादै गरेको प्र नं. ३-०३ -०० १ प ११३५ नम्बरको स्कुटरको ठक्करबाट स्थानीय ६८ बर्षिया मनकुमारी ढकाल घाइते भएकी हुन् । घाइते ढकालको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको र स्कुटर तथा त्यसका चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्याललय गैँडाकोटले जनाएको छ ।

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै

तीनकुने घटनामा पक्राउ परेकाहरूलाई आज म्याद थप गरिंदै
काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा पक्राउ परेका राजावादी नेता-कार्यकर्ताहरुलाई आज अनुसन्धानका लागि म्याद थप गरिंदैछ ।आन्दोलनको दिन राति पक्राउ परेको र भोलिपल्ट शनिबार भएकोले आज आइतबार उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्न लागिएको हो । हिंसात्मक आन्दोलनका क्रममा ११२ जना पक्राउ परेका छन् । जसमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मश्र, महामन्त्री धवल शम्शेर राणा, राजावादी अभियन्ता स्वागत नेपाल, दुर्गा प्रसाईंको रोय...

अमेरिकासहित चार देशबाट आए ढोरपाटनमा शिकारी

अमेरिकासहित चार देशबाट आए ढोरपाटनमा शिकारी
बागलुङ- नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ।दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरी ३५ वन्यजन्तुको सिकार हुने भएको हो।वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो। दोस्रो याममा सिकार खेल्न हिमालयन वाइल्डलाइफ आउटफिर्टस प्रालि, ट्रयाक्स एण्ड ट्रेल्स प्रालि, हिमालयन सफारिज प्रालि, ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाइल्डलाइफ सफारिज गरी छवटा कम्पनीले अनुमति...

संघीय संसदका दुवै सदनको बैठक बस्दै

संघीय संसदका दुवै सदनको बैठक बस्दै
काठमाडौँ । संघीय संसद्को दुवै सदनको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभा बैठक दिउसो १:१५ बजे बस्ने सचिवालयले जनाएको छ । आज प्रतिनिधि सभाको बैठकमा बैंकिङ कसुर तथा सजाय(दोस्रो संशोधन) विधेयक २०८० का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलश्रोत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेछन् । राष्ट्रिय सभाको लागि आजको कार्यसूची तय नगरिए पनि ग...