
बेंसीशहरबाट तनहुँको डुम्रेतर्फ जाँदै गरेको स्कुटर र काठमाडौंबाट लमजुङको बेंसीशहरतर्फ आउँदै गरेको माइक्रोबस तनहुँको नेपालडाँडा नजिकै दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
स्कुटरमा सवार एक महिलाको घटनास्थलमै मृत्यु भएको र माइक्रोबसमा सवार एकजनाको सुन्दरबजारस्थित नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले मृतक र घाइतको पहिचान खुल्न बाँकी रहेको जनाएको छ ।