रास्वपाका दुई नेतामाथि रड प्रहार गर्ने वडाध्यक्ष फरार
स्याङ्जामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेतामाथि रड प्रहार गर्ने कांग्रेसबाट निर्वाचित वडाध्यक्ष फरार भएका छन्।वालिङ नगरपालिका-१० का वडाध्यक्ष सुनिल खनालले मंगलबार रास्वपा नेताहरू मेघ आले र दिनकर नेपालमाथि आक्रमण गरेका थिए।
आले रास्वपाको केन्द्रीय सदस्य हुन्। नेपाल पनि स्थानीय चल्तापुर्जा नेता हुन्।उनीहरूले स्याङ्जाको आँधिखोलामा गैरकानुनी उत्खनन् गरेको भन्दै त्यसलाई रोक्नका लागि अभियान सञ्चालन गरेका थिए। मंगलबार नै संघर्ष समिति पनि गठन गरेको थियो।
समितिको कार्यक्रमबाट फ...


