×

नवलपुर –नवलपुरको मध्यबिन्दु नगरपालिका–१५ स्थित सिमराको गिरुबारी खोलामा ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।

आज बिहान करिब ९:१० बजे ना ७ त २९६७ नम्बरको ट्याक्टर खोला तर्दै गर्दा अनियन्त्रित भई अचानक पल्टिएको थियो। दुर्घटनामा परेर ट्याक्टरमा सवार ३६ वर्षीया यम कुमारी थनेत थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ। उनी ट्याक्टरले च्यापिएकी थिइन्।

दुर्घटनामा ट्याक्टरमा सवार अन्य तीन जना भने सकुशल रहेका छन्।दुर्घटनाका चालक ४२ वर्षीय दोरन थारु, जो मृतकका श्रीमान् समेत हुन्,लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतकको शव घटनास्थलबाट निकालेर थप परीक्षण तथा कानुनी प्रक्रियाका लागि डण्डा अस्पताल पठाइएको छ।घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया