
चितवन – इच्छाकामना गाउँपालिका–५ स्थित टुइन खोलानजिकै सुख्खा पहिरो खसेपछि नारायणघाट–मुग्लिङ सडक खण्डको आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ।आज बिहान ११:४५ बजे पहिरो खस्दा सडकको दुवै लेन बन्द भएको ईलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ।
घटनास्थ लइलाका प्रहरी कार्यालय मुग्लिङबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ। सूचना प्राप्त भएलगत्तै प्रहरी नायब निरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको छ।प्रहरीले सडक डिभिजन कार्यालयसँग समन्वय गर्दै पहिरो हटाउने कार्य सुरु गरिसकेको छ। प्रारम्भिक अनुमान अनुसार सडक खुल्न अझै २ देखि ३ घण्टा लाग्ने बताइएको छ।
नारायणघाट–मुग्लिङ सडक खण्ड देशकै व्यस्त राजमार्गमध्ये पर्दछ। यस सडकमार्ग अबरुद्ध हुँदा यात्रुहरूलाई वैकल्पिक व्यवस्था गर्न प्रहरीले सवारी साधनहरूलाई विभिन्न स्थानमा रोक्दै व्यवस्थापन गरिरहेको छ।सडक विभागले डोजरसहितको प्राविधिक टोली पहिरो पन्छाउने काममा खटाइसकेको छ। यथाशीघ्र पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास जारी छ।