×

मध्य नेपाल

ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’

ओलीको समर्थनमा काठमाडौंमा ‘धोती जुलुस’
काठमाडौं । प्रधानमन्त्री समेत रहेका ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको समर्थनमा काठमाडौंमा वृहत् जुलुस निकालिएको छ।शनिबार दिउँसो मधेशका नागरिकले धोती लगाएर ‘धोती जुलुस’ निकालेका हुन्। उनीहरूले ‘धोती, कुर्ता, गम्छा मधेशीके शान बा, केपी ओली हमनी सबके जान बा’ नारासहित प्रदर्शन गरेका हुन्। उक्त भेला राष्ट्रिय युवा संघले आयोजना गरेको हो।काठमाडौंको विभिन्न स्थानबाट निकालिएको र्‍याली माइती मण्डलाको मूल र्‍यालीमा जोडिनेछ।प्रदर्शनले काठमाडौंको सवारी आवागमन प्रभावित भएको छ।

करेन्ट लागेर जंगली भालुको मृत्यु

करेन्ट लागेर जंगली भालुको मृत्यु
 गाईघाट । उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया-कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो । डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा व...

प्रचण्डले अन्यत्र ठाउँ खोजे हुन्छ, चितवनमा सम्भव छैनः शंकर पोखरेल

प्रचण्डले अन्यत्र ठाउँ खोजे हुन्छ, चितवनमा सम्भव छैनः शंकर पोखरेल
चितवन । पुष्पकमल दाहाल प्रचण्डले आफ्नै हर्कतको परिणाम भोगिरहेको नेकपा ओली समूहका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् । ओली समूहको चितवन भेलालाई सम्बोधन गर्दै पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अपमान गर्ने प्रचण्डको प्रयास असफल भएको बताए ।‘ढाडमा टेकेर टाउकोमा हान्ने भन्ने गर्नुहुन्छ, माधव नेपालको ढाडमा टेकेर केपी ओलीको टाउकोमा हान्न खोज्नुभयो,’ पोखरेलले भने, ‘तर, एउटै चिजको प्रयोगले सधैं सफल भइँदैन ।’ नेता पोखरेलले  भने, ‘कतिपय नेताले ओलीस...

भरतपुरको गणेशधाममा तलाउ निर्माण गरिँदै

भरतपुरको गणेशधाममा तलाउ निर्माण गरिँदै
भरतपुर । कोरोनाका कारणले रोकिएको गणेशधाम निर्माणले गति लिनथालेको छ । धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न लागिएको धाममा तलाउ र मन्दिरको जिर्णोद्धार धमाधम गर्न लागिएको हो । तलाउको बाँध निर्माणका लागि वाग्मती प्रदेश सरकारले रु पाँच करोड ७५ लाखको बोलपत्र आह्वान गरेको छ । भरतपुर महानगरपालिका–११ स्थित गणेशस्थान मन्दिर क्षेत्रलाई गणेशधामका रूपमा विकास गर्न दुई वर्ष अघिबाट काम शुरु गरिएको थियो । गणेशस्थान संरक्षण सम्बद्र्धन समितिका संरक्षक एवं प्रदेशसभा सदस्य विजय सुवेदीले पु...

नवलपरासी प्रहरीद्धारा २ लाख ७५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद

नवलपरासी प्रहरीद्धारा २ लाख ७५ हजार मूल्य बराबरको अवैध मालसामान बरामद
गैँडाकोट । नवलपरासी (पश्चिम) प्रहरीले २ लाख ७५ हजार ३ सय मुल्य बराबरको अवैध मालसामान जिल्लाको बिभिन्न स्थानबाट बरामद गरेको छ । नेपाल तर्फ अवैध रुपमा ल्याउँदै गरेको २३ हजार ३ सय मुल्य बराबरको लेडिज कुर्ता, कटनको पटुकी , चिनी, बिजुलीको चिम लगायतका बिभिन्न मालसामान र नेपालबाट अवैध रुपमा भारत तर्फ लैजादै गरेको अन्दाजी २८ हजार मुल्य बराबरको ३५० केजी सेतो मटर जिल्लाको सरावल गाउँपालिका वडा नं. ७ शंकरपुरबाट बरामद गरिएको नवलपरासी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी र...

स्पन्दन नेपालद्वारा विधार्थीहरूलाई न्यानो कपडा वितरण

स्पन्दन नेपालद्वारा विधार्थीहरूलाई न्यानो  कपडा वितरण
चितवन । महिलाहरुले सञ्चालन गरेको संस्था भरतपुरको स्पन्दन नेपालले आज मंगलबार जिल्लाको विकट पहाडी गाउँ कालिका नगरपालिका वडा नं. १० मा पर्ने सिद्धिको देउजरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा, स्वास्थ्य सामाग्री र स्टेशनरी वितरण गरेको छ । स्पन्दनले चार वर्षयता जिल्लाका विकट क्षेत्रमा गएर जाडो याममा न्यानो कपडा दिदै आएको छ । यसअघि स्वास्थय शिबिर पनि हुने गरेको थियो । कक्षा पाँचसम्म पढाइ हुने देउजरको राष्ट्रिय आधारभूत विद्यालयका ५८ जना विद्यार्थीलाई स...

जनकल्याण मावि माडीका २० छात्राले पाए साईकल

जनकल्याण मावि माडीका २० छात्राले पाए साईकल
चितवन । माडीका जेहेन्दार छात्राहरुलाई साईकल सहयोग गरीएको छ । हाल अष्ट्रेलियामा बसोबास गर्दै आउनुभएका माडीका युवा ई.सुरेश खड्का र उहाँकी श्रीमति वृष्टी मोक्तानले माडीको जनकल्याण माध्यमिक बिद्यालयको कक्षा ८ र ९ मा अध्ययनरत बिपन्न तथा जेहेन्दार २० जना छात्राहरुलाई साईकल उपलब्ध गराउनुभएको हो । बिपन्न तथा जेहेन्दार बिद्यार्थिहरुलाई बिद्यालय जान आउन सहज होस भन्ने उदेश्य र पढाईमा थप हौसला जगाउने उदेश्यले साईकल बितरण गरीएको खड्काले बताउनुभएको छ । बिद्यालयको बार्षिक उत्सवको अबसर पा...

कपिलवस्तु काँग्रेस जाग्यो : सरकारविरुद्ध प्रदर्शन

कपिलवस्तु काँग्रेस जाग्यो : सरकारविरुद्ध प्रदर्शन
नेपाली कांग्रेस पार्टीको केन्द्रिय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदम विरुद्ध नेपाली कांग्रेस कपिलवस्तु क्षे.नं २ ले विरोध प्रदर्शन गरेको छ । नेपाली कांग्रेस कपिलवस्तु निर्वाचन क्षे.नं–२, को आयोजनामा कार्यक्रम महराजगंज नगरपालिका  स्थित हाटबजार चोकमा प्रतिनिधि सभा क्षे.नं–२ का सभापति श्री केशवकुमार श्रेष्ठ को अध्यक्षतामा कार्यक्रम सम्पन्न गरियो  ।  विशाल विरोध सभा कार्यक्रम नेनेपाली कांग्रेसका पूर्व पार्टी सभापति श्री सुधाकर पाण्डेले वर्तमान सरकार सर्वसत्तावाट अलोक...

देवघाटमा दुई दिने कृषि आधारभूत पत्रकारिता तालिम सम्पन्न

देवघाटमा दुई दिने कृषि आधारभूत पत्रकारिता तालिम सम्पन्न
देवघाट । देवघाट गाउँपालिकामा आयोजित दुई दिने कृषि आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ ।गाउँपालिकाले कृषि क्षेत्रमा व्यवसायिक पत्रकार उत्पादन गर्ने उद्देश्यले दुई दिने कृषि आधारभूत पत्रकारिता तालिम दिएको हो । तालिम समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष दुर्गबहादुर थापाले विश्वसनीय र तथ्यमा आधारित भएर पत्रकारिता गर्न सहभागीलाई सुझाव दिए । ‘देखेको र सुनेको कुराहरुलाई मात्र समाचार बनाउनुहुँदैन’ उनले भने, ‘विषय वस्तुको गहिराइसम्म पुगेर तथ्यपरक ढंगबाट समाचार सम्प्रेषण गर्नुस्...