×

मध्य नेपाल

सर्लाहीमा पुलबाट बस खस्याे, चारजनाकाे मृत्यु

सर्लाहीमा पुलबाट बस खस्याे, चारजनाकाे मृत्यु
वीरगञ्ज । वीरगञ्जबाट जनकपुरतर्फ गइरहेको यात्रुबहाक बस सर्लाहीमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाहीस्थित फूलजोर भन्ने ठाउँमा आज बिहान सवा ११ बजे पुलबाट बस खोलामा खसेको हो। ना ४ ख ८५५५ नम्बरको बस पुलबाट खोलामा खस्दा चार जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले सेतोपाटीलाई बताए। मृत्यु हुनेहरूको पहिचान भइसकेको छैन। दुर्घटनामा ३० जना घाइते छन्। घाइतेहरूलाई उद्धार गरी अस्पताल लगिएको छ। दुर्घटनाको कारण खुलेको छैन।

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको तेश्रो क्याबिनेट बैठक चितवनमा

लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको तेश्रो क्याबिनेट बैठक चितवनमा
चितवन ।  लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालको तेश्रो क्याबिनेट बैठक चितवनको सौराहामा आज शनिवार सम्पन्न भएको छ । पहिलोे दिनको बैठकमा डिष्ट्रिकका जोन तथा रिजोन चियरपर्सन तथा क्याबिनेट अफिर्ससहरुले आ–आफ्नो क्षेत्रमा भएका मानबिय एवं सामाजिक कार्यको प्रगती बिबरण तथा भविष्यमा गर्ने कार्ययोजना प्रस्तुत गरेका थिए । आजको बैठकले डिष्ट्रिक सचिब प्रभाकर पण्डित एवं कोषाध्यक्ष लायन नारायणप्रसाद शर्माद्धारा प्रस्तुत सचिब तथा कोषाध्यक्षको प्रतिवेदन पारित गरेको छ । बैठकका अवसर...

एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु

एनआरएनएको दशौं महाधिवेशन काठमाण्डौंमा सुरु
काठमाडौं ।  गैरआवासीय नेपाली संघ एनआरएनए को दशौं महाधिवेशन काठमाण्डौंमा सुरु भएको छ । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने महाधिवेशनको उद्धघाटन संघका संस्थापक अध्यक्ष डा।उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, भवन भट्ट र अध्यक्ष कुमार पन्तले संयुक्त रुपमा गरे । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा‌। उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्टलगायतले सम्बोधन गर्ने छन्। दुई दिनसम्म चल्ले सो सम्मेलनमा संघका महासचिव डा‍‍। हेमराज शर्माले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष महेश श...

चीनका विदेशमन्त्री यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्ने

चीनका विदेशमन्त्री यीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज प्रधानमन्त्री देउवालाई हस्तान्तरण गर्ने
पोखरा। चीन सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आज नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ।चीनका विदेशमन्त्री वाङ यीले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल हस्तान्तरण गर्नेछन्। भर्चुअल माध्यमबाट हुने कार्यक्रममा चीनका विदेशमन्त्री यीले प्रधानमन्त्री देउवालाई विमानस्थलको चाबी हस्तान्तरण गर्ने कार्यक्रम रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विनेश मुनकर्मीले सेतोपाटीलाई जानकारी दिए।व...

जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा, घरमै लाइसेन्स : यातायात विभाग

जेठदेखि आवेदन दिएको १५ दिनमै परीक्षा, घरमै लाइसेन्स : यातायात विभाग
काठमाडौं । यातायात व्यवस्था विभागले जेठबाट स्मार्ट सवारी लाइसेन्सको नियमित र सहज वितरण सुरु हुने बताएको छ । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै विभागका महानिर्देशक नमराज घिमिरेले सन् २०२१को करिब २ लाख ८ हजार र सन् २०२२ लागेयताको करिब १ लाख लाइसेन्स छपाइको काम बाँकी रहेको बताए । ‘स्मार्ट लाइसेन्स छपाइको काम पासपोर्टको जसैगरी निजी क्षेत्रलाई दिन सकिन्छ भनेर विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव पठाएका छौं,’ घिमिरले भने, ‘नभएर विभागमा प्रिन्टिङ मेसिन, पू...

मधेसबाहेक ६ प्रदेशमा ‘पहिलो’ हुने एमालेको निष्कर्ष

मधेसबाहेक ६ प्रदेशमा ‘पहिलो’ हुने एमालेको निष्कर्ष
काठमाण्डौ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मधेस प्रदेशमा बाहेक ६ वटा प्रदेशमा पार्टी पहिलो हुने निष्कर्ष निकालेको छ । आज काठमाण्डौमा बसेको केन्द्रीय कमिटीको बैठकमा सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमाले ६ वटा प्रदेशमा पहिलो शक्ति रहेको र मधेस प्रदेशमा अझै स्पष्ट भइनसकेको निष्कर्ष निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माण...

रोगमुक्त र भोकमुक्त गैँडाकोट बनाउन उपमेयरमा म : काँग्रेस नेतृ घिमिरे

रोगमुक्त र भोकमुक्त गैँडाकोट बनाउन उपमेयरमा म  : काँग्रेस नेतृ घिमिरे
नवलपुर । नेपाली काँग्रेसकी महिला नेतृ संगिता घिमिरे काफ्लेले आगामी स्थानीय तहको निर्वाचनमा आफु गैँडाकोट नगरपालिकाको उपमेयरको प्रमुख दावेदार रहेको बताउनुभएको छ ।सामाजिक सञ्जाल मार्फत उहाँले आँउदै गरेको निर्वाचनमा आफु उपमेयरको दावेदार रहेको प्रष्ट पार्नुभयो । रोगमुक्त र भोकमुक्त गैँडाकोट बनाउने योजना म सँग छ उहाँले भन्नुभयो :  जनभावनालाई समेटेर नगरको विकास कसरी गर्ने भन्ने योजना समेत म सँग छ ।नगरको हरेक कुरामा महिलाहरुको उचित प्रतिनिधीत्व सहित महिलामैत्री नगरपालिका निर्माण ग...

अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा सुरु हुँदै

अकोराबको १६ औं साधारणसभा नेपालगञ्जमा सुरु हुँदै
काठमाडौं । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको १६ औं वाषिर्क साधारण सभा लुम्बिनी प्रदेशको बाँकेमा आजदेखि सुरु हुँदै छ ।अकोराबको २२ औं स्थापना दिवसको अवसर पारेर बाँकेको नेपालगञ्जमा आयोजित सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन तथा साधारण सभा दुई दिनसम्म चल्ने छ । अकोराबका अध्यक्ष अर्जुन गिरीले सम्मेलनले सामुदायिक रेडियोहरूको अबको कार्यदिशा तय गर्ने र त्यसबाट सामुदायिक रेडियोहरुलाई थप बलियो बनाउन मद्दत पुग्ने बताए । साधारण सभा र राष्ट्रिय सम्मेलनमा सहभागी हुन द...

गैँडाकाेट ९ काे वडा अध्यक्षमा उठ्ने युवा नेता सापकोटाको तयारी

गैँडाकाेट ९ काे  वडा अध्यक्षमा उठ्ने युवा नेता सापकोटाको तयारी
नवलपुर । नेपाली काँग्रेसका युवा नेता तथा वडा नं. ९ का वडा सदस्य धामनाथ सापकोटाले आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षमा उठ्ने तयारी गरेको बताउनुभएको छ ।नेपाली काँग्रेसको तर्फबाट वडा सदस्यमा निर्वाचित भएका सापकोटाले वडा नं.९ मा लोकप्रिय वडा सदस्यको रुपमा परिचय बनाउनुभएको छ । पाँचवर्षको अनुभवले वडाबासीका समस्याहरुलाई समाधान गर्न अध्यक्षकै भूमिकामै बसेर काम गर्नुपर्ने अवस्था देखिएकोले बैसाख ३० गतेको लागि तोकिएको निर्वाचनमा आफुले वडा अध्यक्षमा उमेदवारी दिने सापकोटाको भनाई...