सत्यवती धार्मिक मेलाु सुरु, चिच्याएर वर माग्ने अनौठो प्रचलन
पाल्पा । रातीमा चिच्याएर वर माग्ने पाल्पाको अनौठो धार्मिक मेला आज शुक्रबारदेखि सुरु भएको छ । विगतका केही वर्ष कोभिड १९ को कारण रोकिएको मेला यो वर्षदेखि पुनः सुरु भएको हो ।
विगतमा ३ दिन लाग्ने मेला यो वर्ष राम्रो जोग परेकोले ५ दिन लाग्ने छ । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका वडा नं ४ मा रहेको धार्मिक पर्यटकीय स्थल सत्यवती मन्दिरमा कान कम सुन्ने बज्यै भएको विश्वासमा चिच्याएर वर माग्ने गरिन्छ । यहाँ बाँसको लिंगो लिएर आवाज निकाल्ने गरि चिच्याउँदै वर माग्ने र सत्यवती मन्दिर परिक...


