×

मध्य नेपाल

पुथा उत्तरगङ्गा गाउँपालिकाको गाडी दुर्घटना हुँदा उपाध्यक्षको मृत्यु

पुथा उत्तरगङ्गा गाउँपालिकाको गाडी दुर्घटना हुँदा उपाध्यक्षको मृत्यु
  काठमाडौं- रूकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको गाडी दुर्घटना हुँदा उपाध्यक्षको मृत्यु भएको छ।उक्त गाडी बागलुङमा दुर्घटनामा परेको थियो।शुक्रबार बिहान पौने ९ बजे गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीस्थित मध्यपहाडी लोकमार्गमा रा १ झ २०० नम्बरको सरकारी गाडी दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक प्रताप पौडेलले दुर्घटनामा परेको गाडी पुथा उत्तरगंगा गाउँपालिकाको रहेको खुलेको छ।उक्त गाडी सडकबाट तीन सय मिटर तल खस्दा त्यसमा सवार तीन जनाक...

असोज ३ देखि धरहरा सञ्चालनमा ल्याउने सरकारको निर्णय

असोज ३ देखि धरहरा सञ्चालनमा ल्याउने सरकारको निर्णय
काठमाडौं। सरकारले काठमाडौँको सुनधारास्थित नवनिर्मित धरहरा असोज ३ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संविधान दिवसको अवसर पारेर असोज ३ देखि धरहरा सञ्चालनमा ल्याउने निर्णय गरेको हो । धरहरा सञ्चालनको जिम्मेवारी संघीय सरकारको शहरी विकास मन्त्रालयलाई दिइएको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए । २०७२ को भूकम्पले ढल्नु अघि अघि संघीय सरकारले काठमाडौं महानगरपालिकालाई धराहरा सञ्चालन तथा व्यवस्थापनको जिम्मा दिएको थियो । महानगरपालिकाले एक निज...

नेपालमा कहिले आउँदैछ ‘एआई’ युक्त आइफोन १६ सिरिज ?

नेपालमा कहिले आउँदैछ ‘एआई’ युक्त आइफोन १६ सिरिज ?
नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका अनुसार आइफोन १६ सिरिज नेपालमा १३ -२८ असोजभित्र सार्वजनिक हुनेछ ।   काठमाडौं । एप्पल कम्पनीले ‘आइफोन १६’ सिरिज सार्वजनिक गरेसँगै नेपालमा थप चासो बढेको छ ।९ सेप्टेम्बरमा अमेरिकाको क्यालिफोर्नियास्थित एप्पल पार्कमा सार्वजनिक भएको आइफोन १६ सिरिज नेपालमा भने असोज १३ देखि २८ भित्र सार्वजनिक हुने नेपालका लागि एप्पलको आधिकारिक विक्रेता जेनेरेसन नेक्स्टका निर्देशक निकिता भिमसरियाले जानकारी दिइन् । ‘हामीले आइफोन १६...

अब सरकारी कार्यालयमा बसेर शेयरको कारोबार गर्न नपाइने,टीएमएस प्रतिबन्ध

अब सरकारी कार्यालयमा बसेर शेयरको कारोबार गर्न नपाइने,टीएमएस प्रतिबन्ध
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सेवाग्राहीको काम प्रभावित भएपछि सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली टीएमएसमाथि प्रतिबन्ध लगाइएको बताएका छन् । मंगलवार सामाजिक सञ्जालमा लेख्दै उनले सरकारी कार्यालयमा बसेर शेयर कारोबार गर्नु कानूनी दृष्टिले अमान्य भएको स्पष्ट पारेका हुन् । ‘सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानूनी दृष्टिले अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ उनले सामाज...

उपसभामुख रानाविरूद्ध अविश्वास प्रस्ताव लैजाने सत्तारूढ दलको तयारी

उपसभामुख रानाविरूद्ध अविश्वास प्रस्ताव लैजाने सत्तारूढ दलको तयारी
काठमाडौं- सत्तारूढ दलहरूले उपसभामुख इन्दिरा राना मगरविरूद्ध महाभियोग लगाउने तयारी गरेका छन्।सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको शीर्ष नेता उपस्थित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाविरूद्ध महाभियोग लगाउने प्रस्ताव गरेका हुन्।प्रधानमन्त्री ओलीले एमाले र नेपाली कांग्रेसको साझा प्रस्ताव भन्दै रानामाथि महाअभियोगको लगाउनुपर्ने बताएका थिए। संवैधानिक परिषदको निर्णय ‘कम्फर्टेबल’ हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरेको उक्त प्रस्तावमा सत्ता गठब...

५०० भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला

५०० भेडा र च्याङ्ग्रा हेर्ने हिमाली गोठाला
रासस म्याग्दी । सुन्तला रङको बाक्लो ज्याकेटमाथि मुस्किलले पानी छेक्ने पहेँलो प्लास्टिक ओढेका छन् । हातमा कहिल्यै नछुट्ने लठ्ठी र छेवैमा भोटे कुकुर छ । उनीभन्दा अलिक पल्तिर झण्डै ५०० च्याङ्ग्रा तथा भेडाको बथान नजिकै चरिरहेका छन् । धादिङका ६२ वर्षीय मेल्चा तामाङ च्याङ्गा र भेडाका बथान लिएर हिमालतिर उक्लेको गत जेठ अन्तिमतिर हो । भेडा र च्याङ्ग्रा चराउँदै तिब्बत नजिकै पुगेर घर फर्कंदै गर्दा उनी केही दिनअघि मुस्ताङको दामोदरकुण्ड नजिकै भेटिए । ‘१८ वर्ष भयो यसैगरी गोठालो भई...

तीन जिल्ला सिडिओ विहीन

तीन जिल्ला सिडिओ विहीन
काठमाडौँ । अर्घाखाँची, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) छैनन् । तीन जिल्ला तीन सातादेखि प्रमुख जिल्ला अधिकारीविहीन भएका हुन् । प्रमुख जिल्ला अधिकारी नहुँदा निमित्तले चलाएका छन् । गत ३१ साउनमा मन्त्रिपरिषद् बैठकले सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनाललाई परराष्ट्र मन्त्रालयमा सरुवा गर्‍यो । १३ भदौको मन्त्रिपरिषद् बैठकले खनाललाई चीनको ग्वान्झाओस्थित महावाणिज्यदूतावासका लागि महावाणिज्यदूत नियुक्तिका लागि सिफारिस गरिसकेको छ । त्यसयता सिन्धुली...

सत्ता साझेदार दलको बैठक बस्दै

सत्ता साझेदार दलको बैठक बस्दै
काठमाडौँ । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ। बैठक अपराह्न ४ बजे बालुवाटारमा बस्ने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ। आइतबार प्रधानमन्त्री ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, गृह मन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, उपप्रधान एवम् अर्थमन्त्रीसमेत रहेका एमाले उपाध्यक्ष विष्णु पौडेलबिच सत्ता साझेदारको बैठक बोलाउने र न्यूनतम साझा कार्यक्रम तय गर्न कार्यदल गठन गर्नेबारे छलफल भएको थिय...

आज बिपी कोइरालाको १११औँ जन्मजयन्ती मनाइँदै

आज बिपी कोइरालाको १११औँ जन्मजयन्ती मनाइँदै
काठमाडौँ । नेपालको राजनीति र साहित्यमा महत्त्वपूर्ण योगदान दिएका पहिलो जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १११औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनः स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उनका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई ‘पार्सल’ गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको ...