×

मध्य नेपाल

तौलको सन्तुलन नमिल्दा सौर्यको जहाज दुर्घटना भएको निष्कर्ष

तौलको सन्तुलन नमिल्दा सौर्यको जहाज दुर्घटना भएको निष्कर्ष
काठमाडौँ । सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे अध्ययन गर्न बनेको समितिले विमानमा भएको तौलको सन्तुलन (लोड ब्यालेन्स) नमिलेको प्रारम्भिक प्रतिवेदनमा औँल्याएको छ । तौल र टेकअफको गति नमिलेका कारण जहाजले उचाइ लिन नसकेको प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ । मर्मतका लागि राखिएका सामग्री जहाजमा नबाँधेर राखेको, सबैतिर तौलको सन्तुलन नमिलाएका कारण जहाजले टेकअफ गर्न साथ सामान सरेर सन्तुलन बिग्रिएको प्रारम्भिक निष्कर्ष निकालिएको छ । जहाजको इन्जिनमा कुनै खराबी नदेखिएको प्रतिवेदनमा जनाइएक...

धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु

धनुषामा पोखरीमा डुबेर तीन बालकको मृत्यु
  जनकपुरधाम - धनुषामा पोखरीमा डुबेर तीनजना बालकको मृत्यु भएको छ ।धनुषाको लक्ष्मीनिया गाउँपालिका-७ लक्ष्मीनियामा रहेको पोखरीमा बुधबार साँझ तीन बालक डुबेका इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक सोनुकुमार साहले जानकारी दिए । मृत्यु हुनेमा अन्दाजी १० वर्षीय आदित्यकुमार साह, अन्दाजी ८ वर्षीय आयुश साह र १४ वर्षीय सुशान्त साह रहेका उनले बताए ।उनका अनुसार उनीहरु आफन्त हजुरबुबा महावीर साह घरमा भोज खान आएका थिए । बुधबार महावीर साहको घरमा वर्षीको भोज थियो...

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने

एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै, सदस्यहरूले धारणा राख्ने
काठमाडौं- नेकपा (एमाले)  को पोलिटब्युरो बैठक बुधबार पनि बस्दैछ। पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजेबाट सुरू हुने बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्नेछन्।प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका छन्।कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ।संगठित सदस्यको संख्या १० लाख पुर...

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, मधेस, गण्डकी प्रदेशका एक–दुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा...

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन

आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन
  काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाउँदै छन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरू दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्म...

विश्वप्रकाशलाई देउवाको जबाफ- त्याग गर्न सक्दिनँ

विश्वप्रकाशलाई देउवाको जबाफ- त्याग गर्न सक्दिनँ
काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले समकालीन नेताहरूलाई प्रधानमन्त्रीमा अघि सार्न गरेको प्रस्तावलाई सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्। आइतबार जारी केन्द्रीय समिति बैठकमा धारणा राख्दै महामन्त्री शर्माले सभापति देउवा अब प्रधानमन्त्री बन्न नहुने बताएका थिए। प्रधानमन्त्री नबनेर त्याग गरिदिन महामन्त्री शर्माले सभापति देउवालाई आग्रह गरेका हुन्। तर सभापति देउवाले यो कुरा मान्न आफू तयार नरहेको जबाफ दिएका हुन् । महामन्त्री शर्माले अबको प्रधानमन...

देउवालाई विश्वप्रकाशको आग्रह – अब प्रधानमन्त्री नबन्नुस्

देउवालाई विश्वप्रकाशको आग्रह – अब प्रधानमन्त्री नबन्नुस्
  काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न नहुने बताएका छन् ।आइतबार पार्टीको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले सभापति देउवालाई प्रधानमन्त्री नबन्न र त्याग गर्न आग्रह गरेका हुन् । कांग्रेस र एमालेबीच एमाले अध्यक्ष केपी शर्मा ओलीपछि देउवा प्रधानमन्त्री बन्ने समझदारी भइसकेको छ । प्रतिनिधिसभामा कांग्रेसबाटै एक से एक अग्रज नेता रहेको भन्दै उनीहरुमध्ये कसैलाई प्रधानमन्त्री बनाउनुपर्ने शर्माले बताए ।‘उहाँह...

फोनमा ‘जहाँबाट ल्याएको थिइस् त्यहीँ लगेर मार’ भनेको सुनियो 

फोनमा ‘जहाँबाट ल्याएको थिइस् त्यहीँ लगेर मार’ भनेको सुनियो 
गत सोमबार (भदौ १० गते) हेटौंडा–१० स्थित रत्ना होटलमा एलिशा न्यौपाने मृत भेटिइन्।२३ वर्षकी युवती होटलको कोठामा मृत भेटिएपछि सामाजिक सञ्जालमा विभिन्न टिप्पणी भए। परपुरुषसँग होटलको कोठासम्म पुग्ने केटीलाई यस्तै हुनपर्छ, भन्नेसम्मका अभिव्यक्तिहरूले सामाजिक सञ्जालको भित्ता भरियो।तर एलिशाको हत्या कोही परपुरुषले नभई उनकै श्रीमान्ले गरेको खुल्न आएको छ। हेटौंडा–१ भैरवडाँडा घर भएकी एलिशाकी आमा उनी सानै हुँदा अर्को विवाह गरेर गइन्। त्यतिबेला एलिशा ९ वर्षकी थिइन्। उनका भाइ एलिश त्यस्त...

पाँचथरमा ग्रिनेड पड्किँदा एक बालिकाको मृत्यु, २ जना घाइते

पाँचथरमा ग्रिनेड पड्किँदा एक बालिकाको मृत्यु, २ जना घाइते
  काठमाडौं - पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङमा विष्फोटक पदार्थ विस्फोट भएर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा अढाइ वर्षीया प्रिन्सा साँवा छिन् ।बिहीबार अपराह्न साढे २ बजेतिर खेलिरहेका बेला विष्फोट भएको सुनिएको थियो । स्थानीय त्यहाँ पुग्दा तीन जना बालबालिका घाइते अवस्थामा भेटिएका थिए । घाइते प्रिन्साको मृत्यु भइसकेको छ भने डाँडागाउँ निवासी दिलिप साँवाका ११ वर्षीय दिप्सन र दिलिपका छिमेकीका बालक पवन राईको उपचार भइरहेको प्रहरीले जनाएको छ । एक जनाको सदरमुक...