×

मध्य नेपाल

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त

मुख्य सचिवमा एकनारायण अर्याल नियुक्त
काठमाडौँ । सरकारले नयाँ मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार(आज) बसेको मन्त्रिपरिषद् बैठकले गृह सचिव अर्याललाई मुख्य सचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । मुख्य सचिव लीलादेवी गडतौला शुक्रवार देखि अनिवार्यमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो । निजामती प्रशासनमा सुधारवादी प्रशासकको छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छन् । नेतृत्वदायी भूमिकामासमेत अग्रणी मानिने अर्याल प्रष्ट प्रोफेस...

नारायणी नदीमा हाम फालेर महिला बेपत्ता

नारायणी नदीमा हाम फालेर महिला बेपत्ता
गैँडाकोट । नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुलबाट हाम फालेर एक महिला बेपत्ता भएकी छन् । आज विहान ८ वजे भरतपुर महानगरपालिका वडा नं. ३ पुल्चोक स्थित नदी माथीको पुलबाट हाम फालेर अन्दाजी ५० बर्षीया महिला बेपत्ता भएकी हुन् । वेपत्ता महिलाको खोजीकार्य भैरहेको र हालसम्म अवस्था पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । नदीमा पानीको बहाव उच्च रहेकोले खोजीकार्यमा कठिनाइ हुदै आएको छ ।

अमेरिकाको टेक्ससमा नेपाली छात्राको गोली हानी हत्या

अमेरिकाको टेक्ससमा नेपाली छात्राको गोली हानी हत्या
टेक्सस । अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्ट...

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध

एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध
काठमाडौं- नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।अर्का उम्मेदवार घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे निर्विरोध भएका हुन् । औपचारिक घोषणा भने बाँकी रहेको छ । एकीकृत समाजवादीमा १८ सदस्यीय पदाधिकारीको व्यवस्था छ । तर, हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी मात्र छन् ।आज वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष तथा पोलिटब्युरो सदस्य चयन गरिंदैछ । एकीकृत समाजवादीमा ३४४ सदस्यीय क...

भरतपुरमा एक पुरुषले आफ्नै शरिरमा पेट्रोल खन्याए, उपचारको क्रममा मृत्यु

भरतपुरमा एक पुरुषले आफ्नै शरिरमा पेट्रोल खन्याए, उपचारको क्रममा मृत्यु
चितवन- भरतपुर महानगरपालिका–३ लंकुमा एक पुरुषले आफ्नै शरिरमा आगो लगाएर देहत्याग गरेका छन् ।बारा गढीमाई नगरपालिका–४ घर भइ हाल भरतपुर–३ लंकुस्थित सन्तोष जैसवालको घरमा डेरा गरी बस्ने अन्दाजी २२ वर्षीय राजावाबु जैसवालले शरिरमा पेट्रोल खन्याएर आगो लगाई देहत्याग गरेका हुन् । राजाबाबुले सोमवार दिउँसो साढे १ बजेको समयमा आफु सुत्ने कोठामा कोही नभएको अवस्थामा आफैले आफ्नो शरीरमा पेट्रोल खनाइ आगो लगाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । आगो लागेर गम्भिर घाइते भएका उनलाई ...

नेकपा एसमा पदाधिकारी र पोलिटब्युरो चुन्न निर्वाचन प्रक्रिया सुरु

नेकपा एसमा पदाधिकारी र पोलिटब्युरो चुन्न निर्वाचन प्रक्रिया सुरु
  काठमाडौं । नेकपा एसकाले पदाधिकारी चयनका लागि निर्वाचनको प्रक्रिया सुरु भएको छ । अहिले मनोनयन दर्ता भइरहेको छ । बिहान ७ देखि साढे ७ बजेसम्म मनोनयन दर्ताको समय तय गरिएको थियो ।यस्तै दिउँसो १२ देखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामवली प्रकाशन हुनेछ । सर्वसम्मत गराउने प्रयास असफल भएपछि जारी केन्द्रीय कमिटी बैठकमा मतदानको प्रक्रिया अघि बढेको हो । नेताहरूले मतदान प्रक्रियाबाट पदाधिकारी टुंगो लगाउन दबाब बढाएका थिए । केन्द्रीय कमिटीमा मतदानबाट पदाधिकारी टुंगो लगाउने कु...

हेटौंडाको होटलमा युवती मृत फेला, सँगै बसेको पुरुष फरार

हेटौंडाको होटलमा युवती मृत फेला, सँगै बसेको पुरुष फरार
  हेटौंडा । मकवानपुरको हेटौंडास्थित बसपार्क क्षेत्रमा रहेको एक होटलमा एक युवती मृत फेला परेकी छन् ।हेटौंडा उपमहानगरपालिका- १० बसपार्कमा रहेको रत्ना होटलमा युवती मृत फेला परेकी हुन् । मृतक महिला हेटौंडा- ११ थानाभर्‍याङकी २२ वर्षीय एलिशा न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । शनिबार बेलुका ७ बजे पहिचान नखुलेका पुरुषसँग होटल प्रवेश गरेकी युवती आइतबार दिउँसोसम्म ननिस्किएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेको थियो । प्रहरीले घटनास्थल पुगेर हेर्दा...

समीकरण भत्किन्छ, माओवादीलाई खोज्दै आउँछन्- प्रचण्ड

समीकरण भत्किन्छ, माओवादीलाई खोज्दै आउँछन्- प्रचण्ड
पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमालेको सत्ता गठबन्धन छिट्टै टुट्ने दाबी गरेका छन् । त्यो बेला दलहरु सरकार बनाइदिनुपर्‍यो भन्दै माओवादी खोज्दै आउने समेत बताए । पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श बैठकमा प्रचण्डले कांग्रेस एमालेको गठबन्धन विचार वा एजेण्डाले नबनेको बताए । ‘स्वार्थ र कुण्ठाले मिलेको समीकरण धेरै दिन त टिक्दै टिक्दैन’, उनले भने, ‘भन्थ्यो भन्नुहोला, धेरै समय लाग्दैन, यो समीकरण भत्किन्छ ।’ त्यो बेला अहिलेका नेताहरु नै सरकार...

पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो

पाटन कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो
  काठमाडौं । ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको घुइँचो लागेको हो ।पूजाअर्चनाका लागि मन्दिरका दक्षिण र उत्तर दिशातर्फ दर्शनार्थीका लागि लाइनको व्यवस्था गरिएको छ । भक्तजनको लाइन व्यवस्थापनका लागि नेपाल स्काउट, ललितपुर महानगर प्रहरी परिचालित छन् । पाटन कृष्ण मन्दिरमा दर्शन गर्न राष्ट्रपति पनि जाने चलन छ ।वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’...