×

मध्य नेपाल

भाद्रकृष्ण अष्टमी – श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

भाद्रकृष्ण अष्टमी – श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
  काठमाडौं । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्...

रामेछापको दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता

रामेछापको दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता
मन्थली- दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त पालिकाको वडा नं ३ मा खसेको पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र निजका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षका सन्दिप पहरी, ११ वर्षका सन्तोष पहरी र १४ वर्षका विज्ञान पहरीको मृत्यु भएको हो । एघार वर्षीया अञ्जना श्रेष्ठ घाइते भएकी छन् । उनको कम्मरभन्दा मुनिको भाग चलेको छैन ...

नारायणगढ– मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना

नारायणगढ– मुग्लिन  सडकखण्डको घुमाउनेमा बस दुर्घटना
काठमाडौं- नारायणगढ– मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।महेन्द्रनगरबाट काठमाडौं आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो । बसमा आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ ।दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी ...

आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दीमा खस्यो बस

आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दीमा खस्यो बस
काठमाडौं‌-तनहुँको आँबुखैरेनीनजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ।शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐनापहरास्थित सडकबाट बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए। उनकाअनुसार घटनास्थलमा आँबुखैरेनीको प्रहरी टोली पुगेको छ। डोरी लगाएर उद्धार गर्न थालिएको एसपी शाहीले बताए।बस कहाँबाट कहाँ जाँदै थियो, कति जना यात्रु थिए र अन्य विवरण खुलिसकेको छैन। प्रमुख जिल्ला अधिकारी, एसपी र...

घाँसीकुवाको पहिरो पन्छाउन सुरु, आज दिनभर लाग्नसक्ने

घाँसीकुवाको पहिरो पन्छाउन सुरु, आज दिनभर लाग्नसक्ने
काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड अन्तरगत तनहुँ घाँसीकुवाको पहिरो हटाउन आज बिहानबाट थालिएको छ । पहिरो ठूलो भएकाले पूरै पन्छाउन आज दिनभरी लाग्ने अनुमान छ ।बुधबार तनहुँको ब्यास नगरपालिका १२ घाँसीकुवामा पहिरो झरेको थियो । प्रहरीका अनुसार ठूला रुखसहित झरेको पहिरोले सडकको करिब डेढ सय मिटर भाग ढाकेको थियो । प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आज बिहानदेखि सडकको दुवैतर्फबाट पहिरो पन्छाउने काम जारी रहेको बताए । उनका अनुसार सडक विस्तारको काम गर्दै आएको चिनियाँ ठेकेदार कम्पनी र नेपा...

भैंसी गोठभित्र मृत भेटियो बाघ

भैंसी गोठभित्र मृत भेटियो बाघ
चितवन- मकवानपुरमा भैँसीगोठमा बाघ मृत भेटिएको छ।बिहीबार बिहान सवा ३ बजे मकवानपुरको मनहरी गाउँपालिका-६ प्रतापपुरस्थित बलबहादुर राईको गोठमा बाघ मृत अवस्थामा भेटिएको हो।जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गोठमा बाँधिएको भैँसी घाइते भेटिएको छ। भैँसी घाइते र बाघ मृत भेटिनुले भैँसीले हान्दा बाघको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। मृत बाघ चितवन राष्ट्रिय निकुन्ज सुरक्षार्थ सेक्टर सौराह ब्यारेकबाट खटिएको नेपाली सेनाको टोलीले लिएर गएको मकवानपुर प्रहरीले जनाएको छ।‘बाघ बुढो,...

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध
तनहुँ । तनहुँको घाँसीकुवामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ ।व्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवामा ढिस्को खसेर राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।गण्डकी प्रदेशका अधिकांश जिल्लामा मंगलबारदेखि वर्षा भइरहेको छ । १ सय ५० मिटर माथिबाट सडकको ५० मिटर तलसम्म पहिरो खसेर पूर्ण रुपमा अवरुद्ध भएको र खुलाउनका लागि प्रहरी परिचालन भइसहेको जनाइएको छ ।

गण्डकी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

गण्डकी सहित पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले बुलेटिन जारी गरी बुधबार बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको र बाग्मती,गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा समेत भइरहेको जानकारी दिएको छ। आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने महाशाखाले जनएको छ।कोशी, गण्...

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी

टिकटकको प्रतिबन्ध हटाउने सरकारको तयारी
काठमाडौं । सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध खोल्ने तयारी गरेको छ । चिनियाँ पक्षले पटक–पटक टिकटक प्रतिबन्धबारे प्रश्न गरिरहेपछि सरकार प्रतिबन्ध खोल्ने गृहकार्यमा लागेको हो । पुष्पकमल दहाल प्रचण्ड नेतृत्वको सरकारले २३ कात्तिक २०८० मा सामाजिक सञ्जाल नियमिन निर्देशिका ल्याएर सामाजिक सञ्जालहरुले नेपालमा दर्ता भएर सम्पर्क विन्दु राख्नुपर्ने सहितका व्यवस्था गरेको थियो । लगत्तै २७ कात्तिकमा सामाजिक द्वेष फैलाएको र सामाजिक मर्यादा बिथोलेको भन्दै मन्त्रिपरिषद् बैठकले टिक...