सातै प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं-हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनी वायुका कारण हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ।मनसुनको न्यूनचापीय रेखा भने सोमबार पनि सरदर स्थान आसपास नै रहेको महाशाखाले बुलेटिन जारी गरेर जानकारी दिएको छ।
सोमबार बिहान सबै प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ।कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहर...


