१०० पहिरो पन्छाएर हेटौंडा–काठमाडौं जोड्ने ३ सडक सञ्चालनमा
हेटौंडा । बागमती सरकारले ९ दिनसम्म निरन्तर काम गर्दै हेटौंडा–काठमाडौं जोड्ने तीन वटा सडक सञ्चालनमा ल्याएको छ ।हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा सडक सञ्चालनमा ल्याइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जानकारी दिए ।
१० देखि १२ असोजसम्म परेको वर्षाका कारण र कुलेखानी जलविद्युत केन्द्रले पानी छोड्दा काठमाडौंबाट हेटौंडा ...


