×

मध्य नेपाल

झ्याप्ले खोलामा खुल्यो दुईतर्फी सडक, काठमान्डौ आउ/जाउ गर्न सकिने

झ्याप्ले खोलामा खुल्यो दुईतर्फी सडक, काठमान्डौ आउ/जाउ गर्न सकिने
काठमाडौं- धादिङको झ्याप्लेमा दुईतर्फी बाटो खुलेको छ। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार आइतबार साढे सात बजेबाट यहाँ दुई तर्फी बाटो खुला भएको हो।धुनीबेशी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोले चार वटा गाडी पुरेको थियो। हालसम्म ३५ जनाको शव फेला परेको छ। पुरिएका चारै वटा गाडीको नम्बर खुलेको सहप्रवक्ता थापाले जानकारी दिए।उनका अनुसार बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप पहिरोमा पुरिएको थियो।चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ...

अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको छ – मन्त्रालय

अवरुद्ध सडक खुलाउने काम तीव्र रूपमा भइरहेको छ – मन्त्रालय
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र र स्रोतसाधन प्रयोग गरी अवरुद्ध सडक खुलाउनका लागि तदारुकताका साथ काम भइरहेको जानकारी दिए । उनका अनुसार वर्षाका कारण आएको बाढी–पहिरोसहित डुबानका कारण देशभर ४१ वटा सडकको ६४ स्थानमा अवरोध भएको छ । उनले भने, “काठमाडौँ उपत्यका जोड्ने सडकमा सामान्य क्षति भएका स...

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो

झ्याप्ले खोला पहिरो अपडेटः आज मात्रै २१ जनाको शव भेटियो, मृतकको सङ्ख्या ३५ पुग्यो
  मलेखु - धादिङको धुनिबेंसी नगरपालिका-९ झ्याप्ले खोलामा पहिरोबाट आज मात्रै २१ जनाको शव निकालिएको छ । बिहानैदेखि खटिएको उद्धार टोलीले १७ पुरुष र चार जना महिलाको शव निकालेको हो । हालसम्म पहिरोमा ३५ जनाको शव निकालिएको छ । शनिबार रातिसम्म १४ वटा शव फेला परेकामा आज थप २१ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी प्रह्लाद सिलवालले जानकारी दिनुभयो । सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाको उद्धार कार्य जारी छ । प्रहरीका अनुसार पहिरोमा ...

झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो

झ्याप्लेखोलामा पहिरोले पुरिएका बसबाट १४ जनाको शव निकालियो
    काठमाडौं । काठमाडौंको नागढुंगादेखि मुनि झ्याप्लेखोलामा पहिरोमा पुरिएको दुईवटा बसबाट १४ जनाको शव निकालिएको छ ।शनिबार बिहान पहिरो जाँदा धादिङ जिल्लाको झ्याप्ले खोलामा माइक्रोबसहरु पुरिएका थिए । त्यस क्रममा लु १ ज ४५७८ नम्बरको माइक्रोबसबाट ५ वटा शव निकालिएको हो । त्यस्तै नम्बर नखुलेको अर्को बसबाट ९ जनाको शव निकालिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए । ती बसहरु शनिबार साँझ एक्साभेटरको सहायताले निकालिएको थियो ।पहिरोमा ...

बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता

बाढी र पहिरोबाट देशभर ६० जनाको मृत्यु, ६४ बेपत्ता
  काठमाडौं । पछिल्लो २४ घन्टामा गएको बाढी र पहिरोका कारण देशभर ६० जनाको मृत्यु भएको छ ।सशस्त्र प्रहरी बलले दिएको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्लामा ३४, बागमती प्रदेशका पाँच जिल्लामा १९ र कोशी प्रदेशमा ७ जना गरेर ६० जनाको मृत्यु भएको छ ।विभिन्न प्रदेशमा गरेर ३४ जना घाइते भएका छन् भने ६४ जना बेपत्ता छन् । सशस्त्र प्रहरीका अनुसार, २ हजार १०३ जनाको उद्धार गरिएको छ । कोशी प्रदेशमा १५२, मधेशमा १०, उपत्यकामा २ र बागमती प्रदेशमा ३१ गरेर १९५ घरमा क्षति पुगेको छ । सशस्त्...

बनस्थलीमा मोटरसाइकल नालामा खस्यो, चालक बेपत्ता

बनस्थलीमा मोटरसाइकल नालामा खस्यो, चालक बेपत्ता
काठमाडौं । काठमाडौंको वनस्थलीस्थित अन्नपूर्ण चोकमा एउटा मोटरसाइकल नालीमा खस्दा चालक बेपत्ता भएका छन् ।खोलाले बगाएको मोटरसाइकललाई निकालिएको प्रहरीले जनाएको छ । शुक्रबार साँझ सवा ६ बजे बागमती प्रदेश ०२-०१८ प २९७३ नम्बरको हिरो मोटरसाइकल र चालकलाई खोलाले बगाएकोमा बाइकलाई खोलाबाट निकालिएको र चालक बेपत्ता भएका हुन् ।प्रहरीका अनुसार चालकको खोजी भइरहेको छ ।

कुलेखानी बाँधदेखि सर्लाहीसम्मका बस्तीमा एक्कासि बाढीको सम्भावना, सतर्क रहन अपिल

कुलेखानी बाँधदेखि सर्लाहीसम्मका बस्तीमा एक्कासि बाढीको सम्भावना, सतर्क रहन अपिल
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले कुलेखानी बाँधदेखि तल सर्लाही जिल्लासम्मका बस्तीमा एक्कासि बाढीको आउने सम्भावना रहेकाले स्थानीयलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । “निरन्तरको वर्षाले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत् केन्द्रको बाँधमा पानीको सतह बढ्न गएको र केही घन्टामा भरिने स्थिति देखिएको र बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोकाहरू खोल्नुपर्ने अवस्था सिर्जना हुन सक्ने देखिएकाले कुलेखानी बाँधदेखि तल सिस्नेरी ...

सहकारी ठगी प्रकरण- ढोरपाटनका मेयर नेपाली दिल्लीबाट नियन्त्रणमा

सहकारी ठगी प्रकरण- ढोरपाटनका मेयर नेपाली दिल्लीबाट नियन्त्रणमा
काठमाडौँ- बाग्लुङस्थित ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको दिल्लीबाट नियन्त्रणमा लिइएको छ। इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रहेका मेयर नेपाली बचतकर्ताको रकम अपचलन गरेर १६ महिनादेखि फरार थिए।नेपालीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल०मा रेड नोटिस जारी भएको थियो। सोहीअनुसार भारतीय सुरक्षाकर्मीले दिल्लीबाट उनलाई नियन्त्रणमा लिएको हो। बचतकर्ताको करिब २ अर्ब रकम अपचलन गरेका अभियोगमा लागेका नेपाली गत वर्ष ५ जेठदेखि फरार थिए। तर नेपाली बेलाबेलामा फ...

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध
काठमाडौं । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ । सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो ।पानी निरन्तर परिरहेकाले पहिरो पन्छाउन नसकिएको प्रहरीले जनाएको छ । बाटो बन्द हुँदा सवारी साधन र तिनमा सवार यात्रु बीच बाटोमै रोकिएका छन् । नेपालमा मनसुनी वायु कायमै रहेका बेला बंगालको खाडीबाट जलवाष्पयुक्त वायु नेपाल प्रवेश गरेपछि त्यसैको प्रभावले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । यो समाचार तयार पार्दास...