×

गजुरी । धादिङको गजुरी गाउँपालिका–२, मलेखुस्थित पृथ्वी लोगमार्गमा सुक्खा पहिरो खसेपछि दुईतर्फी सडक अवरुद्ध भएको छ । सोमबार साँझ ७:३० बजेतिर पहिरो खसेको हो ।

पहिरो पन्छ्याउने प्रयास भइरहे पनि आज राति नै पन्छ्याउन नसकिने जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।धादिङ प्रहरीले सबै सवारी चालकलाई आआफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गरेर राख्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया