×

मध्य नेपाल

डडेल्धुरामा बस दुर्घटना, ४ जनाको मृत्यु

डडेल्धुरामा बस दुर्घटना, ४ जनाको मृत्यु
  धनगढी । डडेल्धुरामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।अमरगढी नगरपालिका-७ को खसरेखानमा गएराति पवनदुत यातायातको ना८ख१०७८ नम्बर बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उपेन्द्र बमले दुर्घटनामा बैतडीको पुर्चौडी नगरपालिका-३ का ४५ वर्षीया जैमती बोहोरा, २१ वर्षीया कमला बोहोरा, उनका दुई दिने नाबालक शिशु र २२ वर्षीय सहदेव बोहोराको मृत्यु भएको जानकारी दिए । उनकाअनुसार...

आज पापाङ्कुशा एकादशी- मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै

आज पापाङ्कुशा एकादशी- मान्यजनबाट टीका र जमरा लगाउने क्रम जारी, व्रत गरिँदै
  काठमाडौँ । आश्विन शुक्ल पक्ष पापाङ्कुशा एकादशीका दिन आज पनि मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने क्रम जारी रहन्छ ।आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रम आज पनि निरन्तर चलिरहन्छ । मान्यजन टाढा टाढा हुने आफन्त आजदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घरमा जाने गर्छन् । आज एकादशीको व्रत गर्नाले सबै पाप हरण हुने विषय विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको ...

१४ दिनपछि एकतर्फी खुल्यो बीपी राजमार्ग

१४ दिनपछि एकतर्फी खुल्यो बीपी राजमार्ग
काभ्रे -  केन्द्रीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने छोटो बीपी राजमार्ग १४ दिनपछि एकतर्फी खुलेको छ । यही असोज ११ र १२ गतेको बाढी पहिरोले पूर्णरुपमा अवरुद्ध भएको बीपी राजमार्ग नेपाली सेनासहितका सुरक्षाकर्मी, सडक विभाग र स्थानीय पालिकाले अहोरात्र खटिएर आजबाट एकतर्फी खुलाउन सफल भएका हुन् । बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी- ९ मंगलटारको बोक्सीकुनामा डाइभर्सन बनाएसँगै बीपी राजमार्ग एकतर्फी सञ्चालनमा आएको हो । रोशी ९ मंगलटारका स्थानीय रूपक अधिकारीका अनुसार बोक्सीकुन...

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
झापा- झापाको भद्रपुर नगरपालिका–१० स्थित हनुमानचोकमा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।दुर्घटनामा भद्रपुर–१० का २४ वर्षीय आलोक भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए। बिहीबार राति चारआली–चन्द्रगढी सडकखण्डमा चारआलीबाट चन्द्रगढीतर्फ आउँदै गरेको प्रदेश १–०१–०१४ प ९९३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको मे ८ प २८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थि...

आज एक लाख यात्रुले छाडे उपत्यका

आज एक लाख यात्रुले छाडे उपत्यका
काठमाडौं । बडादशैं मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिनेको संख्या फूलपातीको अघिल्लो दिनसम्म पनि धेरै देखिएको छ ।काठमाडौंको नयाँ बसपार्क, कलङ्की, बल्खु, कोटेश्वर लगायतका नाकाबाट उपत्यका छाड्ने सार्वसाधारणको संख्या बढेको हो । उपत्यकाका विभिन्न नाकाबाट अन्य दिनको तुलनामा मंगलबार र बुधबार धेरै सर्वसाधारण बाहिरिएको काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले जनाएको छ ।दैनिक एक लाखको हाराहारीमा सर्वसाधारणले उपत्यका छाड्दा दैनिक करिव ३० हजार सर्वसाधारण उपत्यका भित्रिएको ट्राफिक प्रहरीले जान...

आजबाट कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले

आजबाट कान्ति लोकपथ सञ्चालनमा, हेटौंडा–काठमाडौं जोड्ने सबै सडक खुले
  हेटौंडा । मकवानपुर र ललितपुर जोड्ने बगुवाको बागमती पुलमा अस्थायी सडक बनाएर कान्तिलोकपथ सञ्चालनमा ल्याइएको छ । यससँगै हेटौंडा र काठमाडौंलाई जोड्ने आधा दर्जन मार्ग सबै सन्चालनमा आएका छन् । १२ असोजको बाढीले बागमती पुलको आधा भाग बगाएको थियो । ललितपुरतर्फको सडक यसअघि नै सुचारू भए पनि बागमती खोलामा पुल बगाएकाले कान्तिलोकपथ अवरुद्ध थियो । द्रुत मार्ग निर्माण गरिरहेको नेपाली सेनाको सहयोग लिएर मकवानपुरको भीमफेदी गाउँपालिका र ललितपुरको बागमती गाउँपालिकाले बगुवामा ४ वटा ...

दसैंमा कस्तो रहला मौसम ?

दसैंमा कस्तो रहला मौसम ?
काठमाडौं-पश्चिम नेपालबाट मनसुन बाहिरिन थालेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशको पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको बताएको छ।तथापि नेपालको धेरै स्थानमा अझै वर्षा हुने सम्भावना कायमै रहेको मौसमविद् विनोद पोखरेल बताउँछन्। त्रिभुवन विश्वविद्यालयका जल तथा मौसम विज्ञानका सहप्राध्यापक समेत रहेका उनी पश्चिमी वायुको प्रभाव नदेखिए पनि सोमबार  र यो हप्ताभरि देशका केही स्थानमा हल्...

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि

दशैंको पाँचौ दिन आज स्कन्दमातालाई पुजिदै, यस्तो छ पूजा विधि
  काठमाडौं । आज बडादशैंको पाँचौ दिन, हिन्दूधर्मालम्बीहरूले देवी स्कन्दमाताको पूजा–आराधना गर्दै छन् ।भगवान स्कन्दकुमार कार्तिकेयको बालस्वरुपलाई सदैव काखमा राखी ममतामयी स्नेह प्रदान गर्ने हुनाले नवरात्रीको पाँचौ दिन यिनलाई स्कन्दमाताको नामबाट पुकार्ने गरिन्छ । कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । चार हातमध्ये दायाँतर्फको माथिल्लो हातले स्कन्दकुम...

माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ – ‘प्रचण्ड’

माओवादी केन्द्र एक्लै चुनाव लड्छ, जित्छ – ‘प्रचण्ड’
चितवन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले उपनिर्वाचन र आम निर्वाचनमा एक्लै लड्ने बताएका छन् ।प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुर विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले माओवादी केन्द्र एक्लै चुनाव लडेर चुनाव जित्ने बताए। अध्यक्ष दाहालले भने “म प्रधानमन्त्रीबाट हटे पनि जनताको बीचमा राम्रो आधार बनेको छ । त्यसकारण एक्लै लड्छौँ र जित्छौँ भन्ने आधार देशभरि घुमेर देखेको ...