गैँडाकोट – नवलपुरको कावासोतीमा स्कुलबसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । कावासोतीको गण्डकी बोडिङ स्कुलको बसको ठक्करबाट कावासोती नगरपालिका वडा नं. १ घर भएका २२ महिनाका सम्राट पौडेलको मृत्यु भएको हो ।
मृतक बालक पौडेल स्थानीय यम पौडेलका छोरा हुन् । कावासोती नगरपालिका वडा नं. १ छहारीचोक स्थित भित्री सडकखण्डमा कोइरालापानीबाट फलफुलचोक तर्फ जादै गरेको ना १ क ५८१७ नम्बरको बसले विहान ९ बजेर ५० मिनेटमा बालकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दुर्घटना लगत्तै बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पछिल्लो समय स्कुलका बसहरु तिव्र गतिमा हुइक्याउदा दुर्घटनाहरु बढेको जनगुनासो आइरहेको छ ।

उज्यालो खबर