सरस्वती निकेतनका विद्यार्थीहरुद्धारा धार्मिक क्षेत्र देवघाटधामको अवलोकन
गैँडाकोट । गैँडाकोटको सरस्वती निकेतन स्कुलले विद्यालयका कक्षा २,३ र ४ का बाबु नानीहरुलाई धार्मिक, साँस्कृतिक र ऐतिहाँसिक महत्व बोकेको देवघाटधामको स्थलगत अवलोकन भ्रमण गराएको छ ।
विद्यालयका शिक्षक लक्ष्मण कंडेलका अनुसार तीनवटा कक्षाका १६४ जना विद्यार्थीहरुलाई धार्मिक क्षेत्रको अवलोकन गराइएको हो । विद्यार्थीहरुले देवघाटधाममा रहेका सीतागुफा, मन्दिर तथा पार्कहरुको अवलोकन गरेका हुन् ।
स्थानीय पाठ्यक्रम तथा सामाजिक अध्ययन तथा मानव मुल्य शिक्षमा मान्यतामा आधारित रहेर स्थानीय स्...


