नारायणगढमा मोटरसाइकल पल्टिँदा दुई जनाको मृत्यु
चितवन- भरतपुर महानगरपालिका–२ लिलाचोक स्थित भित्री सडकमा गएराति मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा दुई जनाको मृत्यु भएको छ ।
गएराति १ः२० बजेको समयमा शहिदचोकबाट पोखरा बसपार्कतर्फ जाँदै गरेको बागमती प्रदेश०६–००२ प ३१४५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा गम्भिर घाइते भएका चालक गैंडाकोट नगरपालिका–५ काङग्रेसचोक बस्ने वर्ष २६ को रबिन थापा र सोहि मोटरसाइकल पछाडि सवार लमजुङ दुधपोखरी गाउ...


