कावासोती । नवलपुरको दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामले प्रदुषण फैलाएको भन्दै त्यहिका वडा अध्यक्षको नेतृत्वमा स्थानियले धर्ना दिएका छन ।धर्नाको नेतृत्व गरेका वडा अध्यक्ष शरद घिमिरेले चौधरी उद्योगले कारखाना सन्चालन गर्न चलाउदै आएको भुसको ब्वाइलरले ज्यादै प्रदुषण गरेकाले गाउमा बस्न नहुने भएकाले कारखानामा धर्ना दिइएको जनाए ।
कारखाना सन्चालन गर्न चलाइदै आएको भुको ब्वाइलरले कारखाना बाहिर बःतीमा धुलो फैलाएए बस्नै नस्किने अबस्था रहेकाले पटक पटक ध्यानाकर्षण गराउदा समेत नभएका कारण आफनै नेतृत्वमा धर्ना दिइएको उनले टेलिफोनमा बताए ।
कारखाना रहेको वडाका वडा अध्यक्ष समेत रहेका घिमिरेले चौधरी उद्योगको प्रदुषण नियन्त्रण गर्ने ट्रिटमेन्ट प्लान्टले समेत काम नगरेको धेरै वर्ष भएपनि कहिल्यै मर्मत स्म्भार नभएकाले पानीमा समेत फोहोर बगेको तर्फ ध्यानाकर्षण गराएको उनले जनाए । कारखानाको पूर्वमा सानो खोला छ त्यहा कारखानावाट निस्कने फोहर सोझै फयाकिएका कारण दुर्गन्धले गाउमा बस्नै नस्किने अबस्था रहेको स्थानियको भनाई छ ।
नवलपुरको दुम्कौलीमा रहेकोे सांसद विनोद चौधरीको सिजी चौधरी इण्डस्ट्रियल पार्कले स्थानिय २२ जनालाई रोजगारी दिदै आएको छ ।। कारखानाको मुख्य उत्पादन बियर, चाउचाउ, चुरोट, रियो लगायतका बस्तु छन ।



उज्यालो खबर




