×

नवलपुर विशेष

आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट

आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट
  काठमाडौँ । आइएमईले विदेशबाट पठाएको रकम प्राप्त गर्ने सेवाग्राहीलाई केबलकारको यात्रामा विशेष छुट दिने भएको छ । आइएमई मार्फत कारोबार गरेका सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको टिकटमा २० प्रतिशत छुट पाउने छन् । आइएमई मार्फत रकम भुक्तानी प्राप्त गरेको रसिद वा आइएमई पे मार्फत रकम प्राप्त गरेको डिजिटल रिसिप्ट देखाएर सेवाग्राहीले मौलाकाली र लुम्बिनी केबलकारको छुट प्राप्त गर्न सक्ने छन् । रकम प्राप्त गरेको तिन महिनासम्म सो रसिद देखाएर छुट लिन सकिने छ । मौलाकाली ...

नवदूर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

नवदूर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
  गैँडाकोट - लायन्सक्लव अफ गैँडाकोट मौलाकालिका लिलिको आयोजनामा गैँडाकोटको एक विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. १ मा रहेको नवदूर्गा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । क्लवले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयका करिव ८० जना विद्यार्थीहरुलाई कापी, कलम, पेन्सील, सापनर, लगायतका शैक्षिक सामाग्री वितरण गरेको कार्यक्रम संयोजक भूमा थापा (पुन) ले जानकारी दिनुभयो । लायन्सक्लव अफ मौलाकालिका लि...

काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य

काठमान्डु गुर्खाजले चितवनलाई दियो ११२ रनको लक्ष्य
चितवन- सोहेल तनविरको घातक बलिङमा काठमाडौँ गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल)  मा चितवन राइनोजसामु जितका लागि १ सय १२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको काठमाडौले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ११ रनको योगफल तयार पारेको हो। काठमाडौँलाई सस्तैमा रोक्न तनविरले पाँच विकेट लिए। एनपीएलको एकै खेलमा पाँच विकेट लिए तनविर पहिलो खेलाडी बने। उनले आफ्नो स्पेलमा मात्र २१ रन दिए। कप्तान क...

गैँडाकोटको वेष्ट्रन एडभान्स कलेजद्धारा विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण

गैँडाकोटको वेष्ट्रन एडभान्स कलेजद्धारा विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण
गैँडाकोट – पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको वेष्ट्रन एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्टले चितवनको सौरहामा विद्यार्थीहरुलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजका प्राचार्य एवंम् प्रबन्ध निर्देशक ईन्जिनियर राजन सापकोटाको अध्यक्षता तथा नेपाल ईन्जिनियरिङ काउन्सीलका पूर्व रजिष्ट्रार ई. उमेशप्रसाद थानीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल ईन्जिनियरिङ काउन्सीलका बोर्ड सदस्य ई. सागर श्रेष्ठ प्रशिक्षक शिवप्रसाद भूसाल लगायतले बोल्नु भएको थियो । ...

नेकपा (माओवादी केन्द्र) गैँडाकोट १ को अध्यक्षमा कार्की निर्वाचित

नेकपा (माओवादी केन्द्र) गैँडाकोट १ को अध्यक्षमा कार्की निर्वाचित
गैँडाकोट-  नेकपा (माओवादी केन्द्र) गैँडाकोट वडा नं. १ को अध्यक्षमा बेल बहादुर कार्की निर्वाचित भएका छन् । पार्टीको आज सम्पन्न दोस्रो वडा अधिवेशनले कार्कीको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको हो । पार्टीको उपाध्यक्षमा ओमप्रताव मल्ल, सचिवमा मनिता तामाङ, कोषाध्यक्षमा चिनिमाया श्रेष्ठ, सहसचिवमा मेहरमान विश्वकर्मा, रहनुभएको छ । सर्वसम्मत निर्वाचित कार्यसमितिका सदस्यहरुमा टोलनाथ कंडेल, शिवराज ढुंगाना, भीम गिरी, श्रीमाया विक, केशराम नेपाली र पुतली श्रेष्ठ रहनुभएको छ ।

तोकियो एनपीएलको टिकट मूल्य, सिजनल पासको पनि व्यवस्था

तोकियो एनपीएलको टिकट मूल्य, सिजनल पासको पनि व्यवस्था
काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करणका निम्ति टिकट मूल्य तय भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार एक विज्ञप्तिमार्फत प्रतियोगिताका निम्ति टिकटदर कायम गरिएको जनाएको हो । क्यानका अनुसार, प्रतियोगिताको उद्घाटन खेलमा सामान्यतर्फ ३०० र भीआईपीतर्फ ७०० रुपैयाँ टिकट मूल्य राखिएको छ । लिग चरणका अन्य खेलहरू हेर्न भने समर्थकले सामान्यतर्फ ३०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकट मूल्य तिर्नुपर्ने छ । यस्तै, प्रतियोगिताको प्लेअफ खेलका दौरान सामान्यतर्फ ५०० र भीआई...

गैँडाकोटमा सहायकस्तरका कर्मचारीहरुका लागि भएको सेवाकालीन तालिम समापन

गैँडाकोटमा सहायकस्तरका कर्मचारीहरुका लागि भएको सेवाकालीन तालिम समापन
गैँडाकोट– पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा सहायकस्तरका कर्मचारीहरुका लागि सञ्चालन भएको ३० कार्यदिने सेवाकालीन तालिम सकिएको छ । असोज २९ गतेदेखि सुरु भएको सेवाकालिन तालिम आइतबार समापन भएको हो । गैँडाकोट नगरपालिकाको आयोजना र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा सञ्चालन भएको तालिममा गैँडाकोट नगरपालिकाका २९ जना, जिल्ला मालपोत कार्यालय चितवनका २ जना, कावासोती नगरपालिकाका २ जना र देवचुली नगरपालिकाका २ जना र बुलिङटार गाउपालिका र मध्यविन्दु नगरपालिकाका १/ १ जना सहाय...

परियार सेवा समाजको रक्तदान कार्यक्रममा ७५ जनाद्वारा रक्तदान

परियार सेवा समाजको रक्तदान कार्यक्रममा ७५ जनाद्वारा रक्तदान
गैंडाकोट। परियार सेवा समाज नवलपुरले गरेको खुला रक्तदान कार्यक्रममा ७५ युनिट रगत संकलन भएको छ । कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् । गैंडाकोट नगरप्रमुख मदनभक्त अधिकारीले रक्तदानका कार्यक्रम पूण्यको काम भएको हुँदा सबैले यस्ता कार्यक्रम गर्न आग्रह गर्नुभयो । परिवार सेवा समाज नवलपुरका अध्यक्ष प्रकाश परियारले सामाजिक कार्यमा समाजले अन्य कार्यक्रमका साथ अघि बढ्ने बताउनुभयो । परियारले रक्तदान कार्यक्रममा सहभागि तथा रक्तदातालाई असल कामका लागि धन्यवाद ज्ञापन गरेका छन् । उद्य...

गण्डकी प्रदेश महोत्सवमा आज ज्योति मगरको प्रस्तुती रहने

गण्डकी प्रदेश महोत्सवमा आज ज्योति मगरको प्रस्तुती रहने
नवलपुर। गैँडाकोटस्थित नारायणी नदी किनारमा सञ्चालन भइरहेको दोस्रो गण्डकी प्रदेश महोत्सवमा आज चर्चित गायिका ज्योति मगरको प्रस्तुती रहने आयोजकले जनाएको छ ।महोत्सवको सांस्कृतिक कार्यक्रम समितिका सहसंयोजक किशोर लम्सालका अनुसार आज साँझ महोत्सव स्थलमा ज्योति मगरको प्रस्तुती रहनेछ । ज्योतिसँगै महोत्सवमा कलाकारहरु सञ्जना श्रेष्ठ, गणेश विश्वकर्मा, गायक तथा उद्घोषक सञ्जय देवकोटालगायतको प्रस्तुती रहने लम्सालको भनाइ छ । नेपाल उद्योग बाणिज्य महासंघ गण्डकी प्रदेशको आयोजनामा सञ्चालन भएको महो...