
गैँडाकोट । घाँस काट्ने क्रममा रुखबाट लडेर नवलपुरमा एक पुरुषको मृत्यु भएको छ । हुप्सेकोट गाउँपालिका वडा नं. ४ डिही बस्ने ६० बर्षका रमन रानाको रुखबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
स्थानीय थुम्कीदेवी सामूदायिक वनमा घाँस काट्न गएका राना घाँस काट्ने क्रममा भर्लाको रुखबाट लडेर घाइते भएका थिए । घाइते रानाको उपचारको क्रममा आज साँझ साढे ५ वजे मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।