×

नवलपुर विशेष

गैँडाकोटको एसपीएम कलेजमा नेविसंघका श्यामकुमार वाचे स्ववीयू सभापतिमा निर्वाचित

गैँडाकोटको एसपीएम कलेजमा नेविसंघका श्यामकुमार वाचे स्ववीयू सभापतिमा निर्वाचित
गैँडाकोट-  गैँडाकोटको सूर्यभक्त-पतनादेवी मेमोरियल कलेजको स्वतन्त्र विद्यार्थी युनियन चुनावमा नेपाल विद्यार्थी संघको प्यानल निर्विरोध निर्वाचित भएको छ । अन्य विद्यार्थी संगठनबाट उम्मेदवार नभएपछि कलेजले श्यामकुमार वाचेको प्यानललाई विजयी घोषणा गरेको हो ।    

रास्वपा गैँडाकोट अधिवेशन : सभापति र सचिव पदका लागि मतदान हुँदै

रास्वपा गैँडाकोट अधिवेशन : सभापति र सचिव पदका लागि  मतदान हुँदै
  गैँडाकोट - रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोट नगर समितिको नयाँ नेतृत्व चयनका लागि मतदान हुने भएको छ । गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको होटल पौवामा चलिरहेको प्रथम नगर अधिवेशन मार्फत नयाँ नेतृत्व चयनका लागि केहिवेरपछि मतदान हुन लागेको निर्वाचन समितिका संयोजक मिना शर्मा (गौडेल) ले बताउनुभयो । १५ सदस्यीय नगर समिति मध्ये सभापति र सचिव पदमा मात्रै भोटिङ हुन लागेको हो । सभापति पदमा निवर्तमान सभापति ज्ञानहरी कंडेल र उपसभापति विमल घिमिरे तथा सचिव पदमा अस...

रास्वपा गैँडाकोटको नगर अधिबेशन आज

रास्वपा गैँडाकोटको नगर अधिबेशन आज
गैँडाकोट - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको प्रथम नगर अधिवेशन आज हुँदैछ । गैँडाकोट नगरपालिका वडा नं. १२ मा रहेको होटल पौवामा हुने प्रथम नगरअधिवेशनको राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का केन्द्रीय सदस्य हरि ढकालले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो । अधिवेशनले आगामी पाँचवर्षका लागि सभापति, उपसभापति, सचिव, कोषाध्यक्ष र सहसचिव सहित १५ सदस्यीय नयाँ नगरसमिति चयन गर्ने कार्यक्रम रहेको छ । नयाँ कार्यसमिति चयन भएपश्चात कोषाध...

तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै, आज सार्वजनिक बिदा

तराई–मधेशका जिल्लामा होली पर्व मनाइँदै, आज सार्वजनिक बिदा
काठमाडौं । रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ ।पहाडी र हिमाली जिल्लाहरुमा विहीबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ ।होलीको अवसरमा सरकारले आज तराईका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा विहीबार बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु पूर्णिमा’ र तराई–मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ ।तराई–मधेशका अधिकांश क्षेत्रमा पूर्ण...

फाल्गुन २९ गते बिहीबार हेर्नुहोस कस्तो छ तपाईंको राशिफल

फाल्गुन २९ गते बिहीबार हेर्नुहोस कस्तो छ तपाईंको राशिफल
  मेष - दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यका तर्फबाट त्रास हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। वृष  - तपाईंका काममा परिवारबाट विरोध हुनेछ। परिवारमा संकट भए पनि स्वास्थ्यले साथ दिनेछ। स्वदेशमा रोजगारीका विकल्प भेटिनेछन्। ठुला उद्योगको सुरुवात गर्नुभन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुनेछ। मिथुन- सञ्चित धन खर्च हुनेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा स...

नेपाल तरुणदल गैँडाकोटको तर्दथ समितिको सभापतिमा सापकोटा चयन

नेपाल तरुणदल गैँडाकोटको तर्दथ समितिको सभापतिमा सापकोटा चयन
  गैँडाकोट-  गैँडाकोट– नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल गैँडाकोट नगरको तर्दथ समितिको सभापतिमा रोशन सापकोटा चयन भएका छन् । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङको उपस्थितिमा गैँडाकोटमा सम्पन्न बृहत भेलाले सापकोटालाई तर्दथ समितिको सभापतिमा सर्वसम्मत चयन गरेको हो । सापकोटाको सभापतित्वमा गठन भएको तर्दथ समितिले चैत्र महिनाभित्र नयाँ अधिवेशन गर्ने नेपाली काँग्रेस गैँडाकोटका सभापति बद्री सापकोटाले जानकारी दिए । नगरउपसभापतिमा सुमन लामिछाने र गोविन्द ...

बालविकास ईङ्लिस स्कुलका प्राचार्य रावत प्याब्सनको केन्द्रीय सदस्यमा निर्वाचित

बालविकास ईङ्लिस स्कुलका प्राचार्य रावत प्याब्सनको केन्द्रीय सदस्यमा निर्वाचित
गैँडाकोट-  नवलपुरको गैँडाकोटमा रहको बालविकास ईङ्लिस स्कुलका प्राचार्य दिपक रावत निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको छ । राजधनीमा सम्पन्न प्याव्सनको १६ औँ राष्ट्रिय महाधिवेशनबाट रावत केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको हो ।प्याब्सन नवलपुरका निर्वतमान अध्यक्ष समेत रहनुभएका रावत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभएको विद्यालयले जनाएको छ ।

नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अवरुद्ध

नवलपुरमा राष्ट्रिय परिचयपत्रको विवरण संकलन अवरुद्ध
गैँडाकोट । जिल्ला प्रशासन कार्यालय नवलपुरबाट प्रदान हुँदै आएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन तथा कार्ड बितरण कार्य हाललाई रोकिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माद्धारा जारि सूचनामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणालीको सर्भर मर्मतको क्रममा रहेकोले अर्को सूचना जारि नभएसम्मका लागि सेवा अवरुद्ध भएको  उल्लेख छ।  

गैँडाकोट १८ मा ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान

गैँडाकोट १८ मा ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान
गैँडाकोट - पूर्वी नवलपरासीको गैँडाकोटमा ७५ जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । गैँडाकोट नगरपालिका वडा नं. १८ कार्यालयले वडा भित्रका ७५ जना ज्येष्ठ नागरिकहरुलाई मंगलबार सम्मान गरेको हो । विद्यालयसँग वडा अध्यक्ष कार्यक्रम अन्तर्गत वडा भित्रका २६ जना महिला र ३१ जना पुरुषहरुलाई एकथान ब्लाङकेट र एकनाथ थर्मस दिएर सम्मान गरिएको गैडाकोट नगरपालिका वडा नं. १८ का सचिव रामु पौड्यालले जानकारी दिनुभयो ।सोहि अवसरमा यसअघि वडाको आयोजनामा सञ्चालन भएको घरदैलो स्वास्थ्य परिक्षण कार्यक्...