गैँडाकोट- जिपको छतबाट खसेर गैँडाकोटमा एक युवक गम्भिर घाइते भएका छन् । गैँडाकोटको दमारबाट नवलपुरको बुलिङटार जाँदै गरेको लु १ ज ४८०४ नम्बरको जिपको छतबाट खसेर बुलिङटार गाउपालिका वडा नं. १ बस्ने २२ वर्षका मिनबहादुर रानाभाट गम्भिर घाइते भएका हुन् ।
आज दिउसो ३ वजे भएको दुर्घटनामा परि गम्भिर घाइते भएका रानभाटलाई चितवन मेडिकल कलेजमा उपचार गरि थप उपचारका लागि काठमान्डौ रिफर गरिएको छ । यो समाचार तयार पार्दासम्म रानाभाट बोल्न सक्ने अवस्थामा छैनन । दुर्घटना पश्चात जिप र त्यसका चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।
नवलपुरका ग्रामीण भेगमा चल्ने सवारीसाधनले छतमा समेत यात्रुहरु राख्दा दुर्घटनाको जोखिम बढ्दै गएको छ । ट्राफिक प्रहरीले यसतर्फ ध्यान दिनुपर्ने देखिन्छ ।



उज्यालो खबर




