गैँडाकोट । लायन्स क्लब अफ बागेश्वरी डाईनामिकको शनिबार सम्पन्न पाँचौ साधारण सभा तथा चौथो अधिवेशनबाट वर्ष २५–२६ को लागि लायन रामकृष्ण कोइरालाको अध्यक्षतमा १९ सदस्यीय समिति निर्वाचित भएको छ ।
समितिको प्रथम उपाध्यक्षमा शिव पौडेल, द्वितिय उपाध्यक्षमा तुलसी उपाध्याय, तृतिय उपाध्यक्षमा कृष्ण खरेल, सचिवमा गोविन्द चालिसे, सह सचिबमा बलराम रानाभाट, कोषाध्यक्षमा हिमालदेव पंगेनी, सह–कोषाध्यक्षमा केशर रानाभाट, सदस्यहरुमा अर्जुन पौडेल, अशोक तिवारी, विनोद पौडेल, दिनेश पौडेल, अनिता शर्मा, रमेश कोईराला, लक्ष्मण कंडेल, प्रेम भट्टराई, पुर्ण प्रसाद खराल र रुद्र भण्डारी रहनुभएको छ ।
क्लबका अध्यक्ष रोशन मल्लको अध्यक्षता तथा संस्थापक अध्यक्ष कमल तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको उद्घाटन शत्रमा सेन्ट्रल ग्रुपका अध्यक्ष यज्ञविलास पौडेल, सरस्वती निकेतन आवासिय माविका प्राचार्य भरतबाबु कंडेल, रामचन्द्र गौतम लगायतले मन्तव्य राख्नुभएको थियो ।



उज्यालो खबर




