प्रचण्ड-माधव समूहको हड्तालले जनतालाई सास्ती : सडक सुनसान
काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-माधव समूहले आम हड्ताल गरेको छ ।
गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् ।
हड्ताल सफल बनाउन बिहानैदेखि कार्यकर्ताहरु सडकमा उत्रिएका छन् भने बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन भएका छन् । केही ठाउँमा कार्यकर्ता र प्रहरीबीच घम्साघम्सी भएको छ । सडकमा टायर बालेर प्रदर्शन गरेका कार्यकर्ता र प्रहरीबीच ठाउँठाउँमा घम्साघम...


