Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

कावासोती। पूर्बि नवलपरासीमा प्रहरीले शुक्रबार लागुऔषधसहित ५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) गरेको  चेकिङको क्रममा ५ जना युवालाई लागुऔषध सहित पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको लु १ ख ९४०१ नम्बरको बसमा सवार रोल्पा जिल्ला सुनछहारी गाँउपालिका १ घर भई हाल पर्वत कुश्मा नगरपालिका ४ बस्ने वर्ष २५ को शम्शेर घर्ती, लु १ ख ७२३९ नम्बरको बसमा सवार नवलपरासी जिल्ला मध्यबिन्दु नगरपालिका  ३ घर भई हाल कास्की जिल्ला पोखरा महानगरपालिका १० बस्ने वर्ष २३ को विजय चौधरी रहेको डिएसपी दिलिप कुमार गिरीले उज्यालो खबरलाई जानकारी दिए ।
त्यस्तै लु १ ख ९२१३ नम्बरको बसमा सवार चितवन जिल्ला भरतपुर महानगरपालिका १४ बस्ने वर्ष २४ को दिपेश विश्वकर्मा त्यस्तै लु १ ख ७५५१ नम्बरको बसमा सवार चितवन जिल्ला भरतपुर महानरपालिका १६ बस्ने वर्ष २६ को सर्वविद बस्नेत र सोही बसमा सवार चितवन भरतपुर महानगरपालिका १९ बस्ने वर्ष ३३ का सिंहराज लामा पक्राउ परेकाे उनले जानकारी दिए ।
 प्रहरीले उनिहरुको साथबाट फेनरागन, डाईजापाम, नुफनि गरी ४४६ एम्पुल लागुऔषध र ४ थान सरिन्जि समेत बरामद  गरेको  छ । पक्राउ परेका सबै जनालाई म्याद थप गरि अनुसन्धान कार्य अघि बढाइएकाे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया