Grishma Media Pvt. Ltd

Nawalpur, Gandaki, Nepal
Phone:+977.9855033222

Email: ujayalokhabar1@gmail.com

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी माझण्ड माधव-प्रचण्ड समूहका कार्यकर्ताले गोंगबुमा आगो लगाएका ट्याक्सी चालक कुम्भनारायण श्रेष्ठले आफू ज्यान जोगाउन सफल भएको बताएका छन । उनले दुईजना व्यक्तिले ट्याक्सीमै राखेर आगो लगाएको बताए ।

माझण्डका कार्यकर्ताले बिहान प्रदेश ३–०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा चालकसहित आगजनी गरेका थिए । उनले प्रचण्डको कुर्सीका लागि मेरो ट्याक्सी जलाएर के पाए ? भन्दै प्रश्न गरेका छन । गरीव मजदूरको ट्याक्सी जलाएर के पायौँ भन्दै आन्दोलनकारीलाइ प्रश्न गरेका छन । उनले ट्याक्सी जलेको थाहा पाएपछि साहुले पनि गाली गरेको भन्दै दुःखेसो पोखेका छन ।

तपाईको प्रतिक्रिया