×

नवलपुर विशेष

घरको नक्सा अनलाइनबाटै दर्ता गर्दै कावासोती नगरपालिका

घरको नक्सा अनलाइनबाटै दर्ता गर्दै कावासोती नगरपालिका
नवलपुर । जिल्ला सदरमुकामसमेत रहेको नवलपरासी पूर्व को कावासोती नगरपालिकाले घरको नक्सा दर्ता तथा स्वीकृत अनलाइन प्रक्रियाबाट सुरुआत गरेको छ । नगरपालिकाले बुधबार घर नक्सा अनलाइन भवन निर्माण अनुमति प्रक्रिया पोर्टल शुभारम्भ गरेको हो । अनलाइन प्रक्रियाको शुभारम्भ गर्दै नगरप्रमुख चन्द्रकुमारी पुनले अब नयाँ घर बनाउनका लागि नक्सा बोकेर नगरपालिका धाइरहनुपर्ने अवस्थाका अन्त्य भएको बताउनुभयो । सो नगरपालिकामा बर्सेनि ३०० भन्दा बढीको सङ्ख्यामा भवन निर्माण भइरहेको अवस्थामा भवन निर्माण अ...

कोरोना संक्रमण बढ्दै गए गैँडाकोटका विद्यालयहरु बन्द गरिने

कोरोना संक्रमण बढ्दै गए गैँडाकोटका विद्यालयहरु बन्द गरिने
सुस्मा न्याैपाने  गैँडाकोट । गैँडाकोट नगरपालिका भित्र कोरोना भाईरसको संक्रमणको अवस्था हेरेर विद्यालय खुल्ने या बन्द हुनेबारे निर्णय लिइने भएको छ । केहि विद्यालयहरुमा परिक्षा चलिरहेको र केहि विद्यालयहरुले परिक्षा सकेर विदा दिइसकेको भन्दै अवको एकसाता भित्रमै विद्यालयहरु नियमित सञ्चालन गर्ने या बैकल्पीक विधि अपनाउने भन्नेबारे निर्णय लिईने भएको हो । गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुुद शाखाका प्रमुुख डा. बालकृष्ण चापागाईले कोभिडको अवस्था अनुसार निर्णय लिइने उज्यालो ख...

माघ ७ देखि नवलपुरमा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य !

माघ ७ देखि नवलपुरमा सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य !
नवलपुर । जिल्ला प्रशासन कार्यालय नवलपुरले कोरोना भाईरस नियन्त्रणका लागि जिल्ला भित्र सार्वजनिक स्थलमा भिडभाडका गतिविधिहरु नर्गन आग्रह गरेको छ ।सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुनेगरि मेला, भेला तथा महोत्सवहरु गर्न प्रतिवन्ध लगाएको छ । प्रमुख जिल्ला अधिकारी सूमन घिमिरेले जारी गरेको आदेशमा माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्न खोप कार्ड अनिवार्य भनिएको छ । कार्यालय, होटल, सिनेमा हल, रंगशाला, हवाईयात्रा, पार्क आदिमा प्रवेश गर्दा अनिवार्य रुपमा खोपकार्ड देखाउनुपर...

एमाले नेता जीवन श्रेष्ठद्वारा सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा

एमाले नेता जीवन श्रेष्ठद्वारा सक्रिय राजनीतिबाट सन्यास लिने घोषणा
नवलपुर ।नेकपा एमालेका नेता एवं संविधानसभा सदस्य जीवन श्रेष्ठले सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका छन । एमाले पूर्वी नवलपरासीको ८‍औं जिल्ला अधिवेशनमा अध्यक्षका प्रत्यासी रहेका श्रेष्ठले सर्वसम्मत रूपमा आफूलाई अध्यक्ष नबनाइएपछि असन्तुष्टि जनाउँदै एमाले छोडेको घोषणा गरेका हुन । उनले फेसबुकमा स्टाटस लेखेर सक्रिय राजनीतिबाट सन्न्यास लिएको घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘पार्टीलाई गाह्रो, अप्ठ्यारो र विभाजनका बखत पार्टी एकता र सुढृद गर्दै ‘समृद्ध नेपाल सुखी नेपाली...

एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे

एमाले नवलपुरको अध्यक्षमा मुक्तिराम पाण्डे
कावासोती । लामो रस्साकस्सी पछि अनन्तस् एमाले नवलपुरले नेतृत्व पाएको छ। शुक्रबार देखि सुरु भएको एमाले नवलपुरको अधिवेशनबाट अध्यक्षमा मुक्तिराम पाण्डे सर्वसम्मत चयन भएका छ्न ।शुक्रबार उदघाटन भएको अधिवेशनको बन्दसत्र शनिबार देखि सुरु भए पनि आकांक्षीहरु बिच सहमति हुन नसक्दा आईतबार बन्द सत्रले सर्वसम्मत बनाएर घोषणा गर्ने अधिकार अध्यक्ष मण्डललाई दिएको थियो । अध्यक्षका दाबेदार निवर्तमान अध्यक्ष रोशन गाहा र सचिव जीवन श्रेष्ठ दुवैले दाबी नछोडे पछि अध्यक्ष मण्डलले पाण्डेको नाममा सहमति...

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

माघ १५ सम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं । माघ १५ गतेसम्म विद्यालयहरु बन्द गर्ने सीसीएमसीको सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय शिक्षा मन्त्रालयले गरेको छ ।शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले सीसीएमसीको सिफारिस अनुसारकै सूचना जारी गर्ने बताए । ‘विद्यालय बन्द सम्बन्धमा हामी आजै सूचना जारी गर्ने तयारीमा छौं’ शर्माले  भने, ‘सूचना सीसीएमसीकै सिफारिस अनुसारको हुन्छ ।’ कोरोनाको संक्रमण बढेपछि सीसीएमसीले विद्यालयहरु माघ १५ गतेसम्म बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो । सो सिफारिस सा...

सीसीएमसीसीको सिफारिसअनुसार भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरिँदै

सीसीएमसीसीको सिफारिसअनुसार भेला, मेला महोत्सव र सभा सम्मेलनमा कडाइ गरिँदै
काठमाण्डौ । कोरोना सङ्क्रमण बढ्न थालेपछि सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने भएको छ ।कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसी को सिफारिसअनुसार जमघट, भेला, सभा, सम्मेलन र मेला महोत्सवमा कडाइ गर्न लागिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले सीसीएमसीसीको सिफारिसलाई उच्च प्राथमिकता दिएर कार्यान्वयन गर्न लागिएको बताउनुभयो ।सीसीएमसीसीको बैठकले बढी भीडभाड हुने सिनेमा घर, पार्क, सार्वजनिक ठाउँमा जाँदा अनिवार्यरूपमा खोप लगाएको प...

एमाले नवलपुरमा नेतृत्व छान्न सकस : रातभरमा सहमति नभए भोलि चुनाव

एमाले नवलपुरमा नेतृत्व छान्न सकस : रातभरमा सहमति नभए भोलि चुनाव
सुस्मा न्याैपाने  गैँडाकोट । नेकपा एमाले नवलपुरको आठौँ जिल्ला अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि नेतृत्वविच छलफल जारी छ । नयाँ नेतृत्व चयनका लागि धेरैजनाले आकांक्षा राखेपछि सहमति कायम हुन सकस परेको छ ।नेकपा एमाले नवलपुरका ईन्चार्ज तिलक बहादुर महत संयोजक रहेको सात सदस्यीय अध्यक्ष मण्डलले सहमति कायम गर्नका लागि कलष्टर विभाजन गरि जिल्ला सदस्यहरुको सूचि तयार गर्न लागि परेको छ । महत संयोजक रहेको अध्यक्ष मण्डलमा पार्टिका नेताहरु रविन्द्र अधिकारी, कृष्ण पौडेल, पद्मा जिसी...

यी हुन् कावासाेतीबाट पक्राउ परेका ११ जुवाडे !

यी हुन् कावासाेतीबाट पक्राउ परेका ११ जुवाडे !
नवलपुरको कावासोतीबाट जुवा खेलिरहेका ११ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरको प्रहरी टोलीले गएराति कावासोती नगरपालिका २ विपि चोकबाट जुवातास खेली रहेका ११ जनालाई पक्राउ गरेको हो । विपि चोक स्थित चोल बहादुर कानुङको घरमा जुवातास खेली रहेका कावासोती बस्ने २८ वर्षीय बुद्धि पुलामी, ३८ वर्षीय डम्बर सिंह लामिछाने मगर, ४० वर्षीय नरेश कुमार विक, ३५ वर्षीय विजय कुमार रसाईली, २५ वर्षीय शंकर सुनार, २३ वर्षीय भिम कुमार श्रेष्ठ, २४ वर्षीय कृष्ण बहादुर विक, ...