सुस्मा न्याैपाने 

गैँडाकोट । गैँडाकोट नगरपालिका भित्र कोरोना भाईरसको संक्रमणको अवस्था हेरेर विद्यालय खुल्ने या बन्द हुनेबारे निर्णय लिइने भएको छ । केहि विद्यालयहरुमा परिक्षा चलिरहेको र केहि विद्यालयहरुले परिक्षा सकेर विदा दिइसकेको भन्दै अवको एकसाता भित्रमै विद्यालयहरु नियमित सञ्चालन गर्ने या बैकल्पीक विधि अपनाउने भन्नेबारे निर्णय लिईने भएको हो ।

गैँडाकोट नगरपालिका शिक्षा, युवा तथा खेलकुुद शाखाका प्रमुुख डा. बालकृष्ण चापागाईले कोभिडको अवस्था अनुसार निर्णय लिइने उज्यालो खबरलाई बताउनु भयो ।अहिलेनै विद्यालयहरु बन्द गर्ने या खुल्ने भन्नेबारे केहि निर्णय भएको छैन उहाँले भन्नुभयो : केहि विद्यालयहरुमा परिक्षा सकेर विदा भएको केहिमा परिक्षा चलिरहेको छ अव माघको चार पाँच गतेसम्म कोभिडको अवस्था हेरेर निर्णय लिन्छौ ।

शिक्षा शाखाका प्रमुख चापागाईले विद्यार्थीहरुलाई जुनसुुकै माध्यमबाट भएपनि सिकाईमा जोड दिनुपर्नेमा आफुुहरु लाग्ने बताउनु भयो । विगतमा कोभिड १९ को संक्रमणका कारण विद्यालयहरु बन्द हुँदा अनलाईन मार्फत सिकाईका लागि जडान भएका ईन्टरनेटको अवस्था समेत आफुहरुले बुझ्ने उहाँले बताउनुभयो ।

गैँडाकोट नगरपालिकामा ३६वटा सामुदायिक विद्यालय, २१ संस्थागत विद्यालय, ३ वटा धार्मिक विद्यालय, ३ वटा समुदायमा आधारित पूर्व प्राथमिक बालबिकास केन्द्र र ९ वटा पूर्व प्राथमिक कक्षा (संस्थागत) बालबिकास केन्द्र सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया