×

नवलपुर विशेष

गोकुल बाँस्कोटा अग्रता बढाउँदै, अहिलेसम्म कति पाए मत ?

गोकुल बाँस्कोटा अग्रता बढाउँदै, अहिलेसम्म कति पाए मत ?
काठमाडौं ।  काभ्रे क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकुल बाँस्कोटाले मत बढाउँदै लगेका छन्।पछिल्लो मतपरिणाम अनुसार बाँस्कोटाले २१ हजार ८१९ मत प्राप्त गरेका छन्।त्यस्तै नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले २० हजार ८४८ मत ल्याएका छन्। बाँस्कोटा ९७१ मतले अघि छन्।यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईं ६ हजार २ सय ६२ मतसहित तेस्रो स्थानमा छन्।काभ्रे-२ मा सुरूआतदेखि नै कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच कडा प्रतिस्पर्धा देखिएको छ। अघिल्लो निर्वाचनमा भने यो क...

बागलुङ २ बाट  देवेन्द्र पौडेल विजयी

बागलुङ २ बाट  देवेन्द्र पौडेल विजयी
बागलुङ। बागलुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल निर्वाचित भएका छन् ।नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई चार हजार ५९९ मतान्तरले पराजित गर्दै पौडेल लगातार दोस्रो पटक प्रतिनिधि सभा सदस्य चुनिएका हुन्। २०७४ सालमा २८ हजार ८२७ मत ल्याएर सांसद चुनिएका पौडेलले यसपटक २४ हजार ७७९ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले २० हजार १८० मत प्राप्त गरेकी छिन् ।

अहिलेसम्म कुन पार्टीले कहाँ जिते ?

अहिलेसम्म कुन पार्टीले कहाँ जिते ?
काठमाडौं । तीन दिनदेखि जारी प्रतिनिधि सभाको मतगणनामा बुधबार बिहानसम्म २२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ। सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले १३ सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एमालेले ३र३ क्षेत्रमा जित हासिल गरेका छन्। नेकपा (एकीकृत समाजवादी) नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक-एक ठाउँमा जित निकालेका छन्। कसले कहाँ जिते ? नेपाली कांग्रेस काठमाडौं-१ प्रकाशमान...

पूर्वी नवलपरासी-२ का दुवै प्रदेशसभा सदस्यमा एमाले विजयी

पूर्वी नवलपरासी-२ का दुवै प्रदेशसभा सदस्यमा एमाले विजयी
पूर्वी नवलपरासी — पूर्वी नवलपरासी क्षेत्र नम्बर २ का दुवै प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । निर्वाचन अधिकृत कमलराज पन्थीले दिएको जानकारी अनुसार क्षेत्र नम्बर २ (१)  र २ मा क्रमश: एमाले नेतृ पद्मा जिसी श्रेष्ठ र लक्ष्मण पाण्डे विजयी भएका हुन् । प्रदेश १ मा पद्मा जिसी श्रेष्ठले १९ हजार ३ सय ७८ ल्याएर विजयी भएकी छन् भने उनका प्रतिस्पर्धी माओवादी केन्द्रका सौगम कुमार सिरपालीले १४ हजार ७ सय ४३ मत ल्याए ।यो क्षेत्रमा २०७४ सालको निर्वाचनमा कांग्र...

गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना घाइते

गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु, ५ जना घाइते
गुल्मी । गुल्मीमा जीप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिका(३ ठूलोलुम्पेकबाट कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० जीप कुढडाँडामा बुधबार राति साढे २ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ । दुर्घटननामा मृत्यु हुनेमा सत्यवती गाउँपालिका-३ का जीप धनी ५१ वर्षका झलक सोमै, ५५ वर्षका टीका राहादी, ४७ वर्षका रनबहादुर सिजापती, २५ वर्षका मिलन तरामोको रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरीक्षक कृष्णप्रसाद आचार्...

नवलपरासी २ मा राप्रपाका प्रधानलाई दोब्बर मतको अग्रता, कांग्रेसका मुन्नाबाबुको हार निश्चित

नवलपरासी २ मा राप्रपाका प्रधानलाई दोब्बर मतको अग्रता, कांग्रेसका मुन्नाबाबुको हार निश्चित
रुपन्देही । पश्चिमनवलपरासीको क्षेत्र नम्बर २ मा राप्रपाका उम्मेदवार ध्रुवबहादुर प्रधान प्रतिस्पर्धीभन्दा दोब्बर बढी मतले अगाडि छन् । उनको जित निश्चित देखिएको छ । यसअघि नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले जित्दै आएको यो क्षेत्रमा प्रधानले ६८९६ मतसहित अग्रता लिएका हुन् । नेपाली कांग्रेसका उम्मेदवार देवेन्द्रराज कँडेलले २८६४ मत, एमालेका दीपेन्द्र अधिकारीले १५२२ मत पाएका छन् । प्रदेशसभा १ मा पनि राप्रपाका उम्मेदवारले ४५८७ मतसहित अग्रता लिएका छन् । यस्तै नागरिक उन्मु...

तनहुँ १ मा पछि परे रामचन्द्र पौडेल

तनहुँ १ मा पछि परे रामचन्द्र पौडेल
तनहुँ । तनहुँ क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल पछि परेका छन् । उनलाई नेकपा एमालेका उम्मेदवार एकबहादुर रानाले १३२ मत अन्तरले पछि पारेका हुन् । ९ हजार ७५६ मत गणना हुँदा रानाले ३ हजार ३४२ र कांग्रेस नेता पौडेलले ३ हजार २१० मत पाएका छन् ।राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १ हजार २९० र राप्रपाका विनोद कुमार घर्तीले हलो ५२२ मत पाएका छन् ।

नवलपुर १ मा शंसाक कोइराला १२ सय मतले अगाडि

नवलपुर १ मा शंसाक कोइराला १२ सय मतले अगाडि
गैँडाकोट । नवलपुर निर्वाचन क्षेत्र नं. १ मा काँग्रेस उम्मेदवार डा. शसांक कोइराला १२ सय मतले अगाडि देखिएका छन् । उज्यालो खबरलाई मतगणनास्थलबाट प्राप्त ताजा सूचना अनुसार कोइरालाले ३८६७ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण पौडेलले २६२३ मत ल्याएका छन् । जिल्लाको बुुलिगंटार गाउँपालिकाको गणना भएकोले काँग्रेस उम्मेदवार कोइराला १२४४ मतले अगाडि देखिएका हुन् । नयाँ नयाँ जानकारीका लागि हामिलाई हेर्दै गर्नुहोला ।

नवलपुरकाे देवचुलीमा मतदान सुरु

नवलपुरकाे देवचुलीमा मतदान सुरु
गैँडाकाेट। पूर्वी नवलपरासीको देवचुलीमा पुनः मतदान सुरु भएको छ । सोमबार बिहान ७ बजदेखि मतदान सुरु भएको हो । देवचुली नगरपालिका वडा नम्बर ४ को झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइएपछि मतदान रद्द गरिएको थियो । कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।