×

नवलपुर विशेष

नवलपुरको गैंडाकोटमा ११ करोड लगानीमा होटल ताज महल एभरेष्ट खुल्यो

नवलपुरको गैंडाकोटमा ११ करोड लगानीमा होटल ताज महल एभरेष्ट खुल्यो
गैडाकोट । गैंडाकोटमा रहेको होटल मुन स्टारलाई नयाँ व्यवस्थापनका साथ सञ्चालनमा ल्याईएको छ । गैडाकोट नगरपालिका वडा नम्वर २ स्थित शिलान्यास चोकमा ११ करोड लगानीमा नयाँ व्यवस्थापनका साथ होटल ताज महल एभरेष्ट नामको होटल सञ्चालनमा आएको हो । ११ बर्ष भारत तथा १९ बर्षसम्म जापानमा बसेर व्यवसाय सञ्चालन गर्दै आउनुभएका यमलाल सापकोटाले गैंडाकोटमा व्यवसाय सञ्चालनमा ल्याउनुभएको हो । पाँच कठ्ठा क्षेत्रमा फैलिएको होटलमा विबाह तथा विभिन्न पार्टी र सभा सेमिनार गर्नका लागि एक हजार जना बढी क्षमताक...

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही ३ लाख दिने प्रधानमन्त्रीको घोषणा

विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई जनही ३ लाख दिने  प्रधानमन्त्रीको घोषणा
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् ।आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली टिमका सबै सदस्यलाई सम्मान गरेका हुन् । नेपालले बिहीबार घरेलु मैदानमा यूएईलाई ९ रनले पराजित गर्दै क्रिकेट विश्वकप लिग टु को तेस्रो स्थानमा रहेर विश्वकप क्वालिफायरमा स्थान पक्का गरेको थियो ।खेलाडीलाई सम...

भरतपुरकाे स्वदेशी जुत्ता–चप्पल मेलामा बिदेशी ट्याग

भरतपुरकाे स्वदेशी जुत्ता–चप्पल मेलामा बिदेशी ट्याग
चितवन ।  नेपाली जुत्ता चप्पलको प्रवर्द्धन गर्न भनेर चितवनको भरतपुरमा रहेको प्रदर्शनी केन्द्रमा लगाइएको जुत्ता-चप्पल मेलामा विदेशी स्टिकर भएको जुत्ता चप्पल भेटिएको छ। नेपाली जुत्तालाई प्रवर्द्धन गर्ने हेतुले गरिएको मेलामा रहेको क्रस रोड नामको जुत्ता कम्पनिको स्टलमा मेड इन भियतनाम, मेड इन कोरिया लगायतका विभिन्न देशको स्टिकर भएको जुत्ता भेटिएको हो। प्रदर्शनी केन्द्रमा राखिएको विभिन्न स्टलहरुमा रहेका जुत्तामा विदेशी स्टिकर भेटिएपछि नेपाली जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्याय सग...

एसपीएम कलेज गैँडाकोटको स्ववियू सभापति सहित सबै पदमा नेवीसंघ विजयी

एसपीएम कलेज गैँडाकोटको स्ववियू सभापति सहित सबै पदमा नेवीसंघ विजयी
गैँडाकोट । सूर्यभक्त पतनादेवी मेमोरियल कलेज गैँडाकोटको स्ववियु सभापतिमा विज्ञान न्यौपाने विजयी भएका छन् । सचिवमा हिमाल शाही (ठकुरी), कोषाध्यक्षमा कोपिला मगर निर्विरोध निर्वाचित भए । त्यसैगरी सदस्यहरुमा रुपेश घिमिरे, होममाया परियार र सृजना घर्ती (थापा) विजयी भएका छन् । सभापति न्यौपाने सहित स्ववियूका सबै पदमा नेवीसंघका विद्यार्थीहरु निर्विरोध विजयी भएका हुन् ।

विमलेन्द्र निधि भन्छन्– प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री

विमलेन्द्र निधि भन्छन्– प्रचण्डपछि माधव नेपाल, त्यसपछि देउवा प्रधानमन्त्री
काठमाडौं । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् । नेपाली कांग्रेस ललितपुर नगर समितिले विहीबार बिहान मंगलबजारमा आयोजना गरेको कार्यक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका हुन् । दलहरुबीच भएको सहमति अनुसार गठबन्धनको सरकार पाँच बर्षसम्म कायम रहने उनको भनाइ छ । उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन...

सकियो औद्योगिक व्यापार मेला, राजस्व धेरै संकलन गर्ने नवलपुर ओझेलमा पर्याे : सांसद जिसी

सकियो औद्योगिक व्यापार मेला, राजस्व धेरै संकलन गर्ने नवलपुर ओझेलमा पर्याे : सांसद जिसी
नवलपुर । नवलपुरको गैँडाकोटमा फागुन २१ देखि सुरु भएको ‘प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला–२०७९’ सकिएको छ । गैँडाकोट–२ स्थित नारायणी नदी किनारमा ११ दिनसम्म सञ्चालन भएको मेलाको बुधबार गण्डकी प्रदेशसभा सदस्य महेन्द्रध्वज जिसीले समापन गर्नुभयो । मेलाको समापन गर्दै सांसद जिसीले प्रदेशका ११ जिल्लामध्ये सबैभन्दा बढी राजस्व संकलन गर्ने नवलपुर विकासका हिसाबले पछि परेको बताउनुभयो । ‘प्रदेशको कतिपय कुरामा हामी पछि परेका छौँ’ जिसीले भन्नुभयो, ‘विगतदेखिका धेरै कुराहरु छन्, ...

रक्सी खाएका चालकले हुईक्याउँदा नारायणी पुलबाट गाडी खस्यो

रक्सी खाएका चालकले हुईक्याउँदा नारायणी पुलबाट गाडी खस्यो
गैँडाकोट । नवलपुर र चितवनलाई जोड्ने नारायणी नदी माथिको पक्की पुलबाट गाडी खसेको छ । पश्चिमबाट पूर्व जान आउदै गरेको लु २ च १५७० नम्बरको टाटागाडी नदी किनारमा खसेको हो । इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रिता पौडेलले मादकपदार्थ सेवन गरेका चालकले गाडी हुइक्याउदा दुर्घटना भएको बताउनुभयो । गाडीलाई क्रेनको सहायताले बाहिर निकाल्ने तयारी छ ।  

गैडाकोटमा जारी महोत्सवमा आज अस्मिता अधिकारी, अनु राना मगर र राशि रिजाल आउदै

गैडाकोटमा जारी महोत्सवमा आज अस्मिता अधिकारी, अनु राना मगर र राशि रिजाल आउदै
नवलपुर । नवलपुरकाे गैँडाकाेटमा जारी प्रथम गण्डकी औद्योगिक व्यापार मेलाअन्तर्गत आज अस्मिता अधिकारीको सांगीतिक प्रस्तुती रहने भएकाे छ । कार्यक्रम संयोजक लम्सालका अनुसार आज महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तर्गत सोमबार अस्मिता अधिकारी, अनु रानामगर, राशि रिजाल लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने लम्सालले बताए ।

गैँडाकोटको कालिका सँस्कृत विद्यापिठमा विद्यार्थीहरुद्धारा तालावन्दी

गैँडाकोटको कालिका सँस्कृत विद्यापिठमा विद्यार्थीहरुद्धारा तालावन्दी
गैँडाकोट । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नजिकिदै जाँदा नवलपुरको गैँडाकोटमा रहेको कालिका सँस्कृत विद्यापिठमा विद्यार्थीहरुले तालावन्दी गरेका छन् ।नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुु र नेकपा माओवादी (केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले कालिका सँस्कृत विद्यापिठको निर्वाचन कार्यालयमा तालावन्दी गरेका हुन् । निर्वाचन समितिले एकपक्षीय ढंगले निर्णय गरेको तथा काँग्रेसको विद्यार्थीसंठन नेवीसंघलाई मात्रै काखी च्यापेर अघि बढेकाले बाध्य भएर...